सिर्जनालाई पाँच अपाङ्ग छोराछोरी हेरचाहको चिन्ता

मोरङ, २० असोज । मोरङ रतुवामाई—८ सिकिम्मेकी सिर्जना घिमिरे बुढेशकालमा पनि पाँचजना जवान छोराछोरीको हेरचाहमा व्यस्त छिन् । ३९ वर्षीया निर्मला, ३७ वर्षीय निर्मल, ३३ वर्षीय उमेश, २४ वर्षीया पार्वता र २३ वर्षीया गोमा शारीरिक रूपमा अपांगता भएपछि उनीहरूको हेरचाहमा सिर्जना व्यस्त रहेकी हुन् ।

श्रीमान् तुलसीराम ढुंगानाको निधनपछि अपांगता भएका छोराछोरीको स्याहारसुसार मात्र होइन पालनपोषणको जिम्मेवारी समेत सिर्जनाको काँध परेको छ ।

सुस्त मनस्थितिका छोराछोरीको हेरचाह गर्नुपर्ने र घर व्यवहार धान्नुपर्ने सिर्जनाले भनिन्, ‘छोराछोरीले जे भेट्यो त्यही खान्छन्, सामान तोडफोड गरिदिने र जहाँ पायो त्यहीँ बस्ने, दिसा, पिसाब गरेको पनि थाहा पाउँदैनन् ।’ उनीहरूकै हेरचाहमा दिन बित्ने उनी बताउँछिन् । ‘पाँच अपांग छोराछोरी स्याहार्दै दिन जान्छ’, गहभरि आँशु पार्दै सिर्जनाले भनिन्, ’कतै निस्कन नै मिल्दैन ।’

आफू पनि बिरामी रहेको बताउने सिर्जना छोराछोरीको स्याहार र पालनपोषण गर्न निकै गाह्रो भइरहेको दुखेसो पोख्छिन् । ‘शरीरमा बल हराइसकेको छ, मेरो पाठेघरको अप्रेसन गरिएको छ, स्वयं आफैँ रोगी भएकाले छोराछोरी सम्हाल्न गाह्रो भयो,’ सिर्जनाले भनिन् ।

पाँचैजना छोराछोरी जन्मजात सुस्त मनस्थितिका छन् । आवाज निकाले पनि बोलेको प्रष्ट बुझिँदैन । सिर्जनाले छोराछोरीका लागि भएभरको सम्पत्ति सकिसकेका बताइन् ।

खानासमेत खुवाइदिनुपर्ने छोराछोरीको स्याहार कसरी गर्ने भन्ने चिन्ताले सिर्जनालाई सताउन थालेको छ । ‘एकछिन छोड्यो भने खानेकुरासमेत पोखिदिन्छन्, खाना पनि समातेर खुवाउनु पर्छ । एकैपटक खुवाउन सकिन्न, अब त ज्यानमा तागत पनि छैन । अबका दिनमा यिनलाई कसले स्याहार गरिदेला’, उनले भनिन् ।

सरकारबाट सहयोग पाए छोराछोरीलाई पाल्न सहज हुने उनको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।