संरक्षणको पर्खाइमा ऐतिहासिक जाजरकोट दरबार

हेमन्त केसी/जाजरकोट, २० असोज । १८२५ सालमा निर्माण गरिएको जाजरकोट दरबार संरक्षणको अभावमा दैनिक जीर्ण बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय रहेको उक्त दरबारमा भित्र पस्दा थर्किएर मुटु नै काँप्ने गरेको प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले बताए ।

भेरी नगरपालिकामा रहेको यो दरबारलाई पहिला जाजरकोट दरबार पनि भनिन्थ्यो । दरबार जाजरकोटी राजा प्रकाशविक्रम शाहले २०४२ सालमा तत्कालीन जिल्ला पञ्चायतलाई ६० हजार रुपैयाँमा बिक्री गरेका थिए ।

जाजरकोटको खलंगा दरबार क्षेत्रको उत्कृष्ट पर्यटकीय स्थल हो । दरबार निकै कलात्मक एवम् ऐतिहासिक महत्वको छ । कला, संस्कृति तथा ऐतिहासिक दृष्टिकोणले यो दरबार महत्वपूर्ण मानिन्छ । जाजरकोट दरबारमा घाटघर, कोतघर, दुर्गाखोपी, भण्डारघर, भारदारी बैठक कक्ष, सिंहद्वार, मयूरद्वार, नारायणथानलगायत रहेको इतिहासमा उल्लेख छ । अहिले यो दरबारमा जिल्ला प्रशासन कार्यालय छ ।

गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानका सिलसिलामा करिब २५० वर्षअघि जाजरकोट राज्यलाई उपहार स्वरुप दिएको खड्ग अर्थात् तरबार दसैंको फूलपातीको अवसर पारेर शक्तिको प्रतिकको रूपमा जाजरकोट दरबारमा भित्र्याइन्छ ।

इतिहासका जानकार राजुराजा सिंहका अनुसार जाजरकोट राज्यका संस्थापक जगती सिंह र अन्तिम राजा स्वयंप्रकाश विक्रम शाह थिए । तत्कालीन राजा गजेन्द्रनारायणले ७ तले दरबारको निर्माण गरेका थिए । १४०० सालमा रजौटा राज्यको अस्तित्वमा आएको दरबारको तत्कालीन राजा गजेन्द्रनारायण शाहले निर्माण गरेका थिए । गोरखाका राजा पृथ्वीनारायण शाहका मित अर्थात् जाजरकोट राज्यका छैटौँ राजा हरि शाहले १८२५ सालमा यो दरबार निर्माण गरेका थिए भन्ने इतिहास पनि छ ।

हरि शाहले भक्तपुरका चर्चित कालीगढ नाक्चेको डिजाइनअनुसार रुकुमको चौरजहारीवाट स्थानीय जनतालाई इँटा बोकाएर दरबार निर्माण गर्न लगाएका थिए । साततले यो दरबार १९९० सालको भूकम्पपछि चारतला बनाइएको थियो । सरकारले २०१७ सालमा राजारजौटाहरू उन्मूलन गरेपछि राजा बस्न छोडेको यो दरबारका सबै महत्वपूर्ण एवम् ऐतिहासिक वस्तु अहिले हराइसकेको स्थानीय इतिहास र संस्कृतिका खोजकर्ता बताउँछन् ।

जाजरकोट दरबारमा घाटघर, कोतघर, दुर्गाखोपी, भण्डारघर, भारदारी बैठक कक्ष, सिंहद्वार, मयूरद्वार, नारायणथान लगायत रहेको इतिहासमा उल्लेख छ । १९९० सालको भूकम्पका कारण दरबारको स्वरूप परिवर्तन भएको स्थानीयको भनाइ छ । दरबार कला, संस्कृति तथा इतिहासको दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।

पृथ्वीनारायण शाहले शक्तिको प्रतीक मान्दै जाजरकोटका राजालाई दिएको खड्कको पूजा गर्न नौ रांगा नौ बोकाको बलि दिने चलन छ । विगतमा दरबारको सातौं तलामा रहेको नारायण थानको मन्दिरका तीनवटा अति प्राचीन मूर्तिहरू मध्ये एउटा हनुमानको मुर्ति द्वन्द्वकालमा हराएको थियो भने अन्य दुईवटा मात्र रानागाउँको कालीका मन्दिर र पिपलडाँडाको गणेश मन्दिरमा सुरक्षित रहेको छ ।

जाजरकोट दरबार कला र ऐतिहासिक महत्व दुवै दृष्टिकोणले निकै आकर्षक मानिन्छ । दक्षिणतिर भेरी नदी र चौरजहारीको सुन्दर दृश्य अनि उत्तरतिर कुसे पाटनको मनोरम दृष्य मात्र होइन पूर्वतिर सिस्ने हिमाल, होलु जिउला अनि वरीपरी हरिया पहाडहरूको बीचमा रहेको खलंगाको पिपल डाडाँस्थित टाकुरोमा रहेको जाजरकोट दरबार प्राकृतिक सुन्दरताले मनमोहक छ ।

केही समयअघि सरकारले सार्वजनिक गरेको देशभरका एक सय पर्यटकीय गन्तव्यमा जाजरकोट दरबारलाई पनि सूचीकृत गरिएको छ । प्राकृतिक सौन्दर्य, धार्मिक, ऐतिहासिक तथा पुरात्तात्विक महत्व बोकेको यस दरबारले पर्यटकीय सम्भावना बोकेको छ ।

राजा रजौटा उन्मूलन र दरबार बिक्रीपछि पनि गणतन्त्र स्थापना नहुने बेलासम्म जाजरकोटका राजाले राजाको मान्यता पाइरहे पनि दरबारको संरक्षण एवं संवर्द्धनमा कुनै चासो दिइएनन् । दरबारमा रहेका मूल्यवानका वस्तु राजाकै सन्तानले अहिले पनि आफ्ना घरमा राखेको सरोकारवालाहरू बताउँछन् । जाजरकोट, रुकुम र सल्यानका जनताले रुकुमको चौरजहारीबाट इँटा बोकेर निर्माण गरेको यो दरबार अहिले जीर्ण भए पनि कसैले चासो र सरोकार नराख्नु दुःखको कुरा हो ।

इतिहासमा नेपाल एकीकरणका बेला जाजरकोट राज्यले पु¥याएको योगदानको सम्झना गराउने सबै वस्तु राजाका सन्तान भाइभारदार र अन्यले बेपत्ता बनाएका कारण अहिले दरबारको शोभा हराएको छ । दरबारको सातौँतलामा रहेको नारायणथानको मन्दिरका तीनवटा अति प्राचीन मूर्तिमध्ये एउटा हनुमानको मूर्ति द्वन्द्वकालमा हराएको थियो । अन्य दुईवटा मूर्ति भने रानागाउँको कालिका मन्दिर र पीपलडाँडाको गणेश मन्दिरमा राखिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।