खुम्बुमा पर्यटकको चलहपहल बढेसँगै व्यवसायी उत्साहित

डिवि खालिङ/सोलुखुम्बु, २० असोज । संसारकै प्रमुख पर्यटकीय गन्तव्य मानिने सोलुुखुम्बुको खुम्बु क्षेत्रमा ‘पर्यटकीय मौसम’ सुरु भएसँगै व्यववसायी उत्साहित बनेका छन् ।लामो समयदेखि कोभिड– १९ को मारमा परेका खुम्बुका पर्यटन व्यवसायी पर्यटकको आगमनले उत्साहित भएका हुन् ।

पछिल्लो समय आन्तरिक पर्यटकसँगै फाट्टफुट्ट विदेशी पर्यटकसमेत आउन थालेकाले आफुहरू उत्साहित भएको नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाले बताए । खुम्बुमा भदौ अन्तिमदेखि कात्तिकसम्म पर्यटकीय मौसम मानिन्छ ।

गतवर्ष स्प्रिङ सिजनमा फाटफुट पर्यटक आए पनि कोरोनाको दोस्रो लहरले पुनः प्रभावित बनाएको थियो । कोभिडका कारण दुई वर्ष यता पर्यटक आवगमन ठप्प जस्तै बनेको खुम्बुमा यसवर्ष सुरुवातै चरणबाटै पर्यटक आउन थालेकाले व्यवसायीहरू खुसी भएको लुक्लाका तेम्बा शेर्पाको भनाइ छ ।

उनका अनुसार सिजनको सुरुवाती चरणको पर्यटकलाई हेर्ने हो भने यसवर्ष तीन गुणाले पर्यटन भित्रिने आशा व्यवसायीमा छ । हाल आन्तरिक तथा बाह्य पर्यटक गरी दैनिक १५ देखि ६० जनाको हराहरीमा खुम्बु भित्रिने गरेकोे गाउँपालिकाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।