उपचाररत बा’लिकाको मृ’त्युपछि पाँचथर अस्पताल त’नावग्रस्त, प्रहरीले ला’ठीचार्ज गर्यो
पाँचथर । उपचारका क्रममा बालिकाको मृ त्यु भएको घटनाले जिल्ला अस्पताल त नावग्रस्त भएको छ ।
स्वास्थ्यकर्मीको लापरबाहीका कारण बालिकाको मृ त्यु भएको भन्दै आक्रोशित बनेको भीडले अस्पतालमा ढु ङ्गामुढा गरेको छ । स्वास्थ्यकर्मीकै कारण बालिकाको अनाहकमा ज्यान गएको बताउँदै पी डित पक्षले बुधबार साँझ अस्पतालमा ढुङ्गा मुढा गरेको हो । ढुङ्गा मुढा प्रहारबाट जिल्ला अस्पतालमा क्षति पुगेको छ ।
ढुङ्गामुढाबाट जोगाउन प्रहरीले अस्पताल क्षेत्रमा ला ठीचार्ज गरेको छ । अस्पताल क्षेत्रमा निकै ठूलो भीड लागेको छ । समस्या समाधानका लागि बिहानदेखि नै निरन्तर संवाद हुँदै आएको भए पनि निष्कर्षमा पुग्न सकिएको छैन ।
उपचारका क्रममा पाँचथरको फालेलुङ गाउँपालिका–८ घर भई फिदिम–२ पल्लोटार बस्दै आएका कमल थाम्सुहाङकी तीन वर्षीया छोरी कृष्टिनाको आज बिहान मृ त्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो ।


