प्रदेश १ मा बन्यो नेपालकै ठूलो र लामो विद्युत् प्रसारण लाइन

धनकुटा । तमोर र अरुण नदीबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न प्रदेश १ कै गौरवको आयोजनाका रूपमा संचालित कोसी कोरिडोर २२० केभी विद्युत् प्रसारण लाइनको काम सकिएको छ ।

सुनसरी जिल्लाको इनरुवादेखि धनकुटा, तेह्रथुम हुँदै संखुवासभाको तुम्लिङ्टारसम्म निर्मित १०६ किलोमिटर लामो प्रसारण लाइन सम्पन्न भएको हो ।

निर्माणको ठेक्का लिएको कल्पतरु पावर ट्रान्समिसन लिमिटेड गान्धीनगर इन्डियाले तोकेको समयमा काम पूरा गरेर मंगलबार धनकुटाको हिलेमा एक कार्यक्रम आयोजना गरी नेपाल विद्युत् प्राधिकरणलाई आयोजनाको जिम्मा लगाएको छ ।

एक्जिम बैंकका प्रतिनिधि विश्वजित गर्गले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई साँचो हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै घिसिङले समयमा नै काम गर्न कम्पनी र आयोजना सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

२२० केभी विद्युत् प्रवाह गर्ने नेपालकै लामो लाइन भएकाले यसले प्रदेश १ र देशलाई महत्त्वपूर्ण सहयोग पुग्ने घिसिङले बताए ।

नेपाल सरकार तथा भारतीय एक्जिम बैंकको चार अर्ब ३० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोगमा सन् २०१६ देखि सुरु भई सन् २०२१ मा प्रसारण लाइनको काम सकिएको हो ।

एक्जिम बैंककै सहुलियतपूर्ण ऋण सहयोगमा सम्पन्न हुने चरणमा रहेका बाँकी दुईवटा आयोजनामध्ये दुई अर्ब ९१ करोड रुपैयाँको लगानीमा संखुवासभाको वसन्तपुर, बानेश्वर, तुम्लिङ्टार र सुनसरीको इनरुवा गरी चारवटा सवस्टेसनको काम ८० प्रतिशत सकिएको जानकारी दिइएको छ ।

त्यस्तै, दुई अर्ब ५० करोड रुपैयाँको लागतमा संखुवासभाको वसन्तपुरबाट ताप्लेजुङको ढुंगेसाँघुसम्मको ३५ किलोमिटरको प्रसारण लाइन र ढुंगेसाँघुमा १३२/३३ केभी क्षमताको सवस्टेसनको काम ७० प्रतिशत सकिएको कार्यक्रममा जानकारी दिइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।