तोडफोडबाट अस्पतालका संरचनामा क्षति, आकस्मिक बाहेकका सेवा बन्द

पाँचथर, २१ असोज । उपचाररत बा’लिकाको मृ’त्यु प्रकरणमा गएराति पाँचथर जिल्ला अस्पतालमा तो’डफोड हुँदा अस्पतालका संरचनामा क्षति पुगेको छ ।

स्वास्थ्यकर्मीको लापरवाहीले बालिकाको ज्यान गएको आ’रोप लगाउँदै तो’डफोडमा उत्रिएको समूहले ढुंगामुढा गर्दा अस्पतालको बाहिरी संरचना क्षतविक्षत बनेको छ । अस्पतालको आकस्मिक कक्ष, कोभिड–१९ सङ्क्रमितको उपचार हुने एचडीयू, अस्पतालका झ्याल ढोकासहित बाहिरी संरचनामा क्षति पुगेको हो । जिल्ला अस्पतालका अधिकांश झ्याल ढोका तोडिएपछि ढुङ्गा र इटाले लागेर अस्पतालभित्रका संरचनामासमेत क्षति पुगेको छ । जिल्ला अस्पतालको बाहिर ढुङ्गा, इटा, काठ, मुढा, रडको खात लागेको छ । अस्पतालमा रहेका कुर्सी टेबलसहितका सामग्री फुटेका छन् भने अस्पतालको बगैंचा पनि क्षतविक्षत भएको छ ।

जिल्लाको फालेलुङ गाउँपालिका–८ घर भई फिदिम नगरपालिका–२ बस्ने कमल थाम्सुहाङकी साढे तीन वर्षीया छोरी कृष्टिनाको उपचारका क्रममा हिँजो विहान निधन भएपछि आफन्त र अन्य स्थानीयले स्वास्थ्यकर्मीको लापरवाहीले ज्यान गएको भन्दै विरोधमा उत्रेका थिए । विहानबाट अस्पताल प्रशासन, प्रशासनिक निकायहरु तथा बालिकाका आफन्तबीच छलफल भए पनि बेलुकीसम्म निष्कर्षमा नपुग्दा उत्तेजित बनेको भीडले अस्पतालको संरचनामा जथाभावी प्रहार गरेको थियो । अस्पताल क्षेत्र तनावग्रस्त भए पनि प्रशासनले अस्पताललाई नियन्त्रणमा नराख्दा भौतिक संरचनामा ठूलो क्षति हुनुका साथै स्वास्थ्यकर्मीहरु हतोत्साहित हुने स्थिति सिर्जना भएको हो । आगजनीमा उत्रेकालाई तितरबितर पार्न प्रहरीले पटक–पटक अश्रुग्यास प्रहार गरे पनि उत्तेजित भीड प्रहरीसँगै जाई लागेको थियो । रातभरजसो फिदिममा चोकहरुमा प्रहरीले आन्दोलनकारीलाई धपाउने प्रयास गरेको थियो ।

अस्पतालका भौतिक संरचनामा तोडफोड हुनुका साथै आपत्तिजनक नाराबाजी भएपछि स्वास्थ्यकर्मी उपचारमा खटिने वातावरण बनेको छैन । अस्पताल प्रशासनले आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । आकस्मिक कक्षसमेत सहज रुपमा सञ्चालन हुनसक्ने अवस्था छैन । अस्पतालमाथि थप आगजनीको खतरा भएपछि सुरक्षाकर्मीको बाक्लो पहराले अस्पतालको सुरक्षा गरिरहेको छ ।

आज विहान समस्या समाधानका लागि जिल्ला प्रशासनमा छलफल गरेर बालिकाको शव बुझ्ने तथा घटनाको छानविन गर्न समिति गठन गर्ने सहमति भएको छ । यस्तै अस्पताल प्रशासनले बालिकाको काजक्रिया खर्चका लागि रु. ४० हजार रकम उपलब्ध गराउने भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।