अ’पहर’णमा परेका १३ वर्षीय बालककाे १० घन्टापछि भारतबाट उद्धार
प्रकाश तिम्सिना/सुनसरी, २२ असोज ।सुनसरीका एक बालकलाई अ’पह’र’णमा परेको १० घन्टापछि उद्धार गरिएको छ । सुनसरीको कोसी गाउँपालिका-७ का १३ वर्षीय दिपेन सदालाई भारतको सुपौल जिल्ला ग्राम पञ्चायत बलबदैपपुर-६ बाट आज भारतीय प्रहरीको सहयोगमा बिहान करिब २ बजे उद्धार गरिएको हो ।
बिहीबार दिउँसो ३ बजे भारतको बैरयाकमाल बस्ने मकुम मियाँले मोटरसाइकलमा बालकको घरदेखि ३५ किलोमिटर पूर्व दक्षिणमा लगेर राखेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । बालकलाई अ’पह’रण गर्ने मियाँले कु’टपिटसमेत गरेको बालकले बताएका छन् ।
घटनमा भारतको सुपौल जिल्ला, ग्राम पञ्चायत बलबदैपुर-६ बैरयाकमाल बस्ने मुकुम मिँयासमेत संलग्नता रहेको प्रहरीले बताएको छ । मुकुम मियाँ नेपालबाट भारत कामदार पठाउने ठेकेदारसमेत रहेका थिए । उनले कोसी गाउँपालिका-७ का १५/२० जना स्थानीयलाई काम लगाइदिन्छु भन्दै सोही स्थानका भुल्टन सदालगायत पाँचजनाबाट प्रतिव्यक्ति दुई लाखका दरले रकम समेत उठाएका थिए ।
स्थानीयले बालक अ’पह’रण गर्ने मकुम मियाँमाथि शं’का गरेपछि उनीहरूले भारत नजाने बताएका थिए । त्यसैको रिस फेर्न भुल्टनकै गाउँको बालकलाई अ’पह’रण गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । अ’पह’रणमुक्त भएका बालकलाई अभिभावकको जिम्मा लगाएको प्रहरीले जानकारी दिएको छ । साथै घटनामा संलग्नमाथि अ’पह’रण तथा शरीर ब’न्धक शीर्षकअन्तर्गत आवश्यक थप अनुसन्धान भई रहेको समेत प्रहरीले बताएको छ ।


