दुवै मि’र्गौला फे’ल भएका टेकबहादुरलाई प्रवासबाट एक लाख सहयोग

खोटाङ, २२ असोज । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-४ बडहरे तल्लो खोक्सेलीका दुवै मि’र्गौला फे’ल भएका टेकबहादुर मगरलाई प्रवासमा रहेका शुभेच्छुकबाट आर्थिक सहयोग प्राप्त भएको छ । दुबै मि’र्गौला फे’ल भएपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराइरहेका मगरलाई खोटाङ सेवा समाज यूएईमार्फत एक लाख एक हजार आर्थिक सहयोग प्राप्त भएको हो ।

यूएईमा सञ्चालन गरिएको ‘टेकबहादुर मगर बचाऔं अभियान’ अन्तर्गत दुबई क्षेत्रबाट रोशन मगर, प्रकाश मगर, शेखरनाथ घिमिरे, नवीन थुलुङ, भगवती चाम्लिङ राई तथा अवुधावी क्षेत्रबाट सन्देश भुजेल, तेजबहादुर राई, हिराधन राईलगायतका अभियन्ताको पहलमा मि’र्गौलाको रो’गबाट पी’डित मगरको सहयोगार्थ रकम संकलन गरिएको हो ।

प्रवासमा रहेका शुभेच्छुक अभियान्ताको पहलमा संकलन भएको सहयोग रकम अभियान्ता शेखरनाथ घिमिरेले गोर्खापत्र संस्थानको प्रधान कार्यालय अगाडि रहेको भूगोलपार्कमा पुगेर मि’र्गौलाको स’मस्याबाट पी’डित मगरलाई हस्तान्तरण गरेका छन् । खोटाङका विभिन्न स्थान घर भई हाल यूएईमा रहेका अभियन्ता खोटाङ सेवा समाज यूएईमा आवद्ध छन् ।

दुवै मि’र्गौला फे’ल भएपछि आर्थिक रूपमा वि’चल्लीमा परेका मगर परिवारको आग्रहमा प्रवासमा सहयोग संकलन अभियान सञ्चालन गरिएको अभियान्ता घिमिरेले बताए । दुवै मि’र्गौला फे’ल भएका मगरको आमा, श्रीमती र तीन बालबच्चा छन् । आर्थिक रूपमा कमजोर भएका कारण मि’र्गौलाको उपचारका लागि आर्थिक सहयोग जुटाइएको खोटाङ सेवा समाज यूएईले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।