रुखमा डेरा बनाएर पढ्ने धनकुमारलाई आर्थिक सहयोग

खोटाङ, २२ असोज । रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सहभागी बनेर चर्चामा आएका खोटाङ हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका धनकुमार मगरलाई दक्षिणकोरियामा रहेका नेपालीहरूले आर्थिक सहयोग गरेका छन् । महामारीका कारण विद्यालयले भौतिक उपस्थितमा कक्षा सन्चालन बन्द गरेको थियो ।

उनको घरमा टेलिकमको डाटाबाट इन्टरनेट नचल्ने भएपछि घरछेउको रुखमा टाँड बनाएर भर्चुअल कक्षामा सामेल भएका थिए । यस्तो कारुणीक दृश्य सञ्चारमाध्यममा आएपछि कोरियामा रहेका नेपालीले आर्थिक सहयोग गरेका हुन् । धनकुमार स्थानी सरस्वती माबि अर्खौलेमा १० कक्षामा अध्ययनरत छन् । उनलाई खोटाङ सेवा समाज दक्षिण कोरियाले २० हजार आर्थिक सहयोग गरेको हो ।

सरस्वती मावि अर्खौलेका पुर्व विद्यार्थी तथा खोटाङ सेवा समाज दक्षिण कोरियाका महासचिव नविन राईको अगुवाईमा धनबहादुरका लागि आर्थिक सहयोग जुटाइएको हो । दक्षिण कोरियाबाट जुटेको रकम सरस्वती माविका व्यवस्थापन समितिका अध्यक्ष किशोरकुमार श्रेष्ठले धनबहादुरका आमा गोमा मगरलाई हस्तान्तरण गरेका हुन् ।

सरस्वती माविका पुर्व विद्यार्थी प्रमोद श्रेष्ठको समन्वयमा खोटाङ सेवा समाज दक्षिण कोरियाबाट १० हजार, समाजका महासचिव राईबाट पाँच हजार, चित्र घलेबाट तीन हजार पाँच सय र अनुप चाम्लिङबाट एक हजार पाँच सय सहयोग जुटेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।