लोप हुँदै रोटे पिङ, संरक्षणमा छैन पछिल्लो पुस्ताको चासो

प्रकाश पाक्साँवा /तेह्रथुम, २३ असोज । तेह्रथुम हमरजुङका ७० वर्षीय लिलामायासँग सानो छँदा काठले बनाएको रोटे पिङ खेल्न नजिकको पिपलडाँडाका ठाउँठाउँमा पुगेको अनुभव छ । उनी साथीभाइसँगै रोटे पिङका लागि लाइन लागेर खेल्थे । तर पछिल्लो समय भने त्यस्तो पिङ खेल्ने त परको कुरा, देख्नसमेत पाएका छैनन् । गाउँको दुई घन्टा टाढा पनि रोटे पिङ खेल्न पुगेको उनले स्मरण गरे । ज्ञानेन्द्र लिम्बुको अनुभव उस्तै छ । लिलामाया र ज्ञानेन्द्र मात्रै होइन, पहाडी जिल्लाका प्रायः सबैको एउटै कुरा सुन्न पाइन्छ, ’दशैंमा रोटे पिङ खेल्न पाइनै छाड्यो ।’

केही दशक अघितिर तेह्रथुमको गाउँहरुमा दशै तिहार नजिकिँदै गर्दा रोटे पिङ हालिन्थ्यो । केटाकेटी, युवायुवतीदेखि उमेर ढल्केका पनि पिङमै रमाउँथे । दिनभरी कामको थकानहरु पिङसँगै भुल्थे । गाउँको केन्द्रमा एउटा एउटा मात्रै पिङ भएकाले प्राय भीड घट्दैन थियो । निकै मेहनत, श्रम अनि लगानी लाग्ने भएकाले पनि कमै हाल्थे रोटे पिङ । खासगरी सखुवाको काठलाई कुदेर बनाइने यो पिङको महत्व छुट्टै थियो । पूर्वी नेपालका पहाडी भेगहरुमा यो पिङ हालिने प्रचलन थियो । दिनभरी काम गरी साँझ गाउँका दौतारीहरु मिलेरे पिङ खेल्न जाने गरिन्थ्यो ।

मुलुकमा संघीयता कार्यन्वयनमा आएपछि झन् स्थानीय सरकार, समुदाय र युवा पुस्ताले आफ्नो कला, संस्कृति, परम्परा र चलनको संरक्षण गरी आउने पुस्तामा हस्तान्तरणको तयारी गर्नुपर्नेमा आफैंले भुल्दै गएको बुढापाकाको गुनासो छ ।

कुलबहादुर लिम्बुलाई पहिले आफूलाई आफ्नो कला, परम्परा र चलन जोगाउने ठूलो चिन्ता भएको तर,अहिलेका पुस्तामा त्यो नभएको बताए । पछिल्लो समय युवा पुस्ता गाउँमा नबस्नु र परम्परा भुल्दै गएपछि अहिले यस्तो पिङ देख्नसमेत मुस्किल भएको म्याङलुङका टीआर सेनेहाङले बताए । संरक्षण र युवा पुस्ताहरु आधुनिकतासँगै मौलिक परम्परा भुल्दै गएपछि यी र यस्ता मौलिकता लोप हुँदै गएको उनको भनाइ छ ।

लोप हुँदै गएको यो पिङ धनकुटाको छथर जोरपाटी गाउँपालिका काजिमाने पिङडाडामा मात्रै देख्न सकिन्छ । बर्षेनि यहाँका युवाहरुले पिङ संरक्षण गर्न लाग्दै आएको स्थानीय विजयप्रकाश लिम्बुले जानकारी दिए । दशैँको नवमीको दिन यहाँ नजिकै राखिएको निसानलाई यही डाँडामा हर्ष उल्लासका साथ पूजा गरिँदै आइएको छ ।

स्थानीय तथा छिमेकी जिल्लाका युवायुवतीहरु यो डाँडामा आएर पिङ खेल्दै निसान हेर्ने गरेको स्थानीयहरु बताउँछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।