प्रहरीको २७ बुँदे सर्कुलर : खराब व्यक्तिको निगरानीदेखि आफ्नै आचरण सुधार्नेसम्म

इलाम, २४ असोज । चाडपर्वको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर जिल्ला प्रहरी कार्यालय इलामले मातहतको निकायलाई पर्व लक्षित सुरक्षासम्बन्धी २७ बुँदे सर्कुलर जारी गरेको छ ।चाडपर्वको बेला हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न चाडपर्व लक्षित विशेषसुरक्षा योजना अन्तर्गत २७ बुँदे सर्कुलर जारी गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक (एसपी) महेन्द्र श्रेष्ठले बताए ।

प्रहरीको २७ बुँदे सर्कुलरमा खराब आचरण भएका व्यक्तिको निगरानी गर्नेदेखि प्रहरीकै आचरण सुधार्नेसम्मका योजना छन् । पर्वलक्षित सुरक्षा सर्कुलरमा गस्ती बढाउने, आर्थिक कारोबार हुने वित्तीय संस्थामा निगरानी बढाउने, सुरक्षा जोखिम भएका क्षेत्रमा निगरानी बढाउने, ट्राफिक ब्यवस्थापनलाई चुस्त बनाउने, जुवा तास खेल्न र खेलाउन नदिने, जनशक्ति व्यवस्थापनको लागि प्रहरी कर्मचारीलाई विदा बस्नको लागि निरुत्साहित गर्ने, प्रहरी कर्मचारीले आचरण सुधार गर्ने लगायतका उल्लेख छन् ।

चाडबाडको बेला हुने सम्भावित आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्नको लागि बजार क्षेत्रमा रहेका सिसिटिभी मर्मत गरिएको छ । ‘बजार क्षेत्रको निगरानीको लागि राखिएको आधाजति सिसिटिभी क्यामेरा बिग्रिएका थिए’, प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘अहिले सबै क्यामेरा मर्मत भएको छ । अहिले एक सय २२ वटा क्यामेराबाट बजारको निगरानी हुन्छ ।’

प्रहरीले विभिन्न १७ स्थानमा सिसिटिभी क्यामेरा थप्ने प्रहरीको योजना छ । बैंक तथा वित्तीय क्षेत्रमा हुने जोखिम न्यूनीकरणको लागि १३ वटा प्रहरी टोली परिचालन भइरहेको छ ।

प्रहरीले बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र र नगरप्रहरीलाई सुरक्षासम्बन्धी अनुशिक्षण गरेको छ । त्यस्तै राजमार्गमा चेकजाँचलाई कडाइ गरेको छ ।

राजमार्गका १० ठाउँमा मापसे जाँच गर्ने गरेको र आठ ठाउँमा ट्राफिक प्रहरी र नेपाल प्रहरीको संयुक्त जाँच, सीमा नाकाको सात ठाउँमा नियमित रूपमा चेकजाँचको लागि प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

प्रहरीले चाडबाडको बेला यात्रुहरूलाई पर्ने समस्या समाधानको लागि जिल्लाको तीन ठाउँमा यात्रु साहयता कक्ष स्थापना गरेको छ । इलाम बजार, सूर्योदयको फिक्कल बजार र देउमाईको मंगलबारे बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यात्रुबाट बढी भाडा असुल्न नदिन सबै सवारी साधनमा भाडादर अनिवार्य गरिएको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।