नयाँ सङ्क्रमितको सङ्ख्या सात महिना पछिकै कम

नयाँ दिल्ली,२५ असोज। भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या सात महिना पछिकै सवैभन्दा कम देखिएको छ । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो एक दिनमा १८ हजार १३२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

यो सङ्ख्या २१५ दिन अर्थात सात महिनाभन्दा बढीसमय पछिको सवैभन्दा कम भएको पनि अधिकारीहरुले जनाएका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण १९३ जनाको मृत्यु भएको जनाएको छ । योसँगै भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म मृ,त्यु भएकाको सङ्ख्या चार लाख ५० हजार ७८२ पुगेको छ ।

महामारीबाट पछिल्लो समयमा सवैभन्दा धेरै प्रभावित हुनेमा केरला प्रदेश नै रहेको छ । केरलामा मात्रै पछिल्लो २४ घण्टामा ८५ जनाको मृ,त्यु भएको छ भने १० हजार ६९१ जना सङ्क्रमित भएका छन् ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दुई लाख २७ हजार ३४७ पुगेको छ । यो सङ्ख्या २०९ दिनपछिकै सवैभन्दा कम भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो एक दिनमा २१ हजार ५६३ जना सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै कुल सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ३२ लाख ९३ हजार ४७८ पुगेको छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।