पौष्टिक खाना र कपडा सहित घरमै पुगेर भेटघाट

इटहरी । इटहरी अस्पतालमा सुत्केरी गराएका महिलालाई इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले पौष्टिक खाना र कपडा सहित घरमै पुगेर भेटघाट गर्नुभएको छ ।

इटहरी उपमहानगरको सुत्केरी भेट कार्यक्रम अन्र्तगत वडा नम्वर ४,८,७,८,१० र १४ नम्वर वडाका सुत्केरी महिलासँग स्वास्थ्यकर्मी सहित भेटघाट गरिएको हो । वडा नम्वर ४ र १४ का केहि सुत्केरी महिलालाई भने वडा कार्यालयमा भेट गरिएको छ । वडा नम्वर १४ को भेटघाट कार्यक्रममा वडाध्यक्ष रमेश चौधरी पनि सहभागि हुनुहुन्थ्यो । वडा नम्वर ४ को कार्यक्रममा महिला सदस्यहरु हुनुहुन्थ्यो ।

इटहरी अस्पतालकी स्टाफनर्स रीता मण्डलले आमा र वच्चाको स्वास्थ्य अवस्था वुझनुका साथै परामर्श दिनुभएको छ । चामल दाल तेल नुन अण्डा, नानी र आफूलाई कपडा सहित उपमेयर घरमै आइपुग्दा आफूलाई खुशी लागेको वडा नम्वर ४ की सुत्केरी महिला मन्जु जोगीले प्रतिक्रिया दिनुभयो । सुत्केरी भएका महिलाको घरको अवस्था के कस्तो हुन्छ यस्तो कार्यले धेरै सहयोग पुग्ने उहाँको भनाई छ ।

उपमेयर सुत्केरी भेटघाट कार्यक्रमको प्रभावले इटहरी अस्पतालमा सुत्केरी गराउनेहरुको संख्या समेत वढेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।