मुगु बस दु’र्घटना: प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

कर्णाली, २७ असोज । मुगुमा मङ्गलबार भएको बस दु’र्घटनाप्रति कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गर्नुभएको छ । छुट्टाछुट्टै समवेदना सन्देश जारी गर्दै उहाँहरुले मृ’तकका परिवारप्रति सहानुभूतिका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।

मुख्यमन्त्री शाहीले दु’र्घटनाको सूचना पाउन बित्तिकै उद्धार तथा प्रारम्भिक उपचारमा खटिने सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधिलगायतलाई धन्यवाद दिनुभएको छ । त्यस्तै, चाडपर्वका बेला सवारीसाधनमा हुने भीडभाड कम गर्न, सवारी साधनको यान्त्रिक अवस्था दुरुस्त राख्न तथा ट्राफिक नियमको पालनालाई कडाइ गरी दु’र्घटना न्यूनीकरणको व्यवस्था मिलाउन प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय र सरोकारवालालाई निर्देशनसमेत दिनुभएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्यद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।

नेपालगञ्जबाट सोमबार छुटेको भे१ख ३१६७ नम्बरको यात्रुबाहक बस मङ्गलबार मध्याह्न १२ बजेतिर छायाँनाथ रारा नगरपालिकाको वडा नं ७ स्थित पिनातपने खोला नजिकै दु’र्घटनामा परेको थियो । दु’र्घटनामा परी ३२ जनाको मृ’त्यु हुनुका साथै १३ घा’इते भएका थिए । घाइ’तेको मुगु जिल्ला अस्पताल, बाँकेको नेपालगञ्ज र कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।