तेह्रथुमका लेकमा देखिन छाडे भेडीगोठ

प्रकाश पाक्साँवा/तेह्रथुम, २७ असोज । कुनै समय तेह्रथुमका लेकाली भेगमा जताततै भेडीगोठ देखिन्थे । कतिपय किसानको प्रमुख पेशा व्यवसाय नै भेडापालन हुने गर्थ्यो । एउटै गोठमा सयौं भेडा हुन्थे । तर, केही वर्षयता यहाँका लेकहरूमा मुस्किलले भेडीगोठ देखिन्छन् । भएका गोठमा पनि केही संख्या मात्रै भेडाहरू हुने गरेका छन् ।

भेडापालनबाट राम्रो आम्दानी हुँदैहुँदै पनि अहिले यो पेशा संकटमा परेको छ । बढ्दो सहरीकरण र सामुदायिक वन मासिँदै गएकाले पेशा नै संकटमा परेको आङदिमका हिक्मत लिम्बुले बताए । ‘भेडाको ऊनबाट राडीपाखी बनाईथ्यो तर पछिल्लो समय राडीपाखी बनाउन पनि छाड्दै गए,’ लिम्बुले भने । उनले पनि अहिले जम्मा १५ माउ भेडा पालेका छन् । भेडापालनबाट आम्दानी पनि राम्रै हुने उनले बताए । उनले भने, ‘भेडाको मुल्य पनि राम्रै छ तर चरन पनि छैन ।’ भेडाबाट निकालेको ऊन पनि बिक्री हुन छाडेको उनले बताए ।

आङदिमकै रोमा ठकुरी पनि भेडापालनबाट राम्रै फाइदा हुने भए पनि पाल्न छोडेको बताइन । उनले भनिन्, ‘पाल्ने मन भए पनि चरनको समस्याले छाडँे ।’ अहिले गाउँमा भेडा पाल्ने मानिस नै भेटिन छाडेको उनले बताइन । भेडाको ऊनबाट बन्ने राडीपाखी पनि प्रयोग हुन छाडे । राम्रा र चिल्ला चलनी कपडाका कारण राडीपाखी विस्थापित बनेको उनको भनाइ छ । तेह्रथुमको वसन्तपुर, फुलेक, आङदिम, सुदाप लागयतका लेकाली क्षेत्रमा भेडापालनका लागि चर्चित थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।