दैनिक सबै सरकारी हाकिमले यात्रा गर्ने सडककै अवस्था दयनीय

सीपी लोहिया/बैतडी, २९ असोज । बैतडी सदरमुकामको मुख्य सडकका रूपमा रहेको गढी–गोठलापानि सडकखण्ड निर्माण गरेको एक वर्ष नपुग्दै ठाउँठाउँमा भक्तिएको छ । गतवर्ष मात्रै ४ करोड ३१ लाख २८ हजार ५४४ को लागतमा के.एस. कन्सट्रक्सन धनगढीले कालोपत्रे गरेको उक्त सडकको ठाउँठाउँमा कालोपत्रे उप्कीएको छ भने, सडक पेटी पुर्ण रुपले भक्तिएको छ ।

उक्त सडक एक वर्ष बढी समय लगाएर बनाए पनि काम सम्पन्न नहुँदै भत्किन थालेकोे गोठलापानि बजारका व्यापारी निलकण्ठ पन्तले बताए । सडक निर्माण गर्न आएको रकमको दुरुपयोग हुने गरेको उहाँको आरोप रहेको छ ।

गढी–गोठलापानी सडकखण्ड पटक–पटक निर्माण भैसकेको र अहिलेसम्म रकम सिध्याउने काम मात्रै भएको नागरिक समाजका अगुवा धनिराम लोहारले बताए ।

कमसल सामग्री प्रयोग गरि अपरिपक्क काम गरेकाले यस्तो भएको हुनसक्छ । उक्त सडकमा जिल्ला स्थीत सबै सरकारी कार्यालयमा प्रमुखदेखि उच्चपदस्थ व्यक्तिहरू दैनिक यात्रा गर्ने भएपनि कसैले सडक बिग्रेको विषयमा चासो नदेखाएको गैरसरकारी स‌स्था महासंघ बैतडीका अध्यक्ष गोबिन्दराज जोसीले बताए । जिल्ला सदरमुकामको मुख्य सडकको हालत दयनीय हुँदा सरोकारवाला निकायले ध्यान दिनुपर्ने उनले बताए ।

स्थानीय खिमानन्द भट्टले भने, ʻयो सडक भएर दशरथचन्द नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रहरी कार्यालय, सेनाको ब्यारेक, सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, टेलिकम लगायत सबै कार्यालयमा पुगिन्छ । यी कार्यालयका प्रमुखहरु यो सडकमा दैनिक पटक–पटक यात्रा गर्छन् । नेता, मन्त्रीदेखि सरकारका उच्च पदस्थ व्यक्तिहरू यसै सडकमा यात्रा गर्दछन् । तर, सडक बनाउन कोही ध्यान दिँदैनन् ।’

करिब दुई किलोमिटर रहेको गढी–गोठलापानी सडक निर्माण कार्य हालसम्म परिपक्क रूपले हुन नसकेको दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दले बताइन् । उक्त सडक स्तरोन्नती गर्ने निर्माण कम्पनी र कार्यान्वयन गर्ने निकाय शहरी बिकास तथा भवन निर्माण विभागसँग आफूले सडक भक्तिएको विषयमा जानकारी गराएको बताइन् । उक्त सडक पुनः निर्माण गरेपछि मात्रै ठेकेदारलाई भुक्तनी दिन आग्रह गरेको समेत उपप्रमुख चन्दले बताइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।