वर्षा र हावाहुरीले धानबाली नष्ट

युवराज विष्ट/भोजपुर, ४ कात्तिक (रासस) ः चार दिनदेखि लगातर परेको अविरल वर्षाका कारण धानबाली नष्ट हुँदा यहाँका किसान चिन्तित भएका छन् । भोजपुर र षडानन्द नगरपालिका तथा हतुवागढी, अरुण, पौवादुङमा गाउँपालिकालगायत जिल्लाका नौ ओटै स्थानीय तहका १७ हजार हेक्टरभन्दा बढी जमिनमा धान उत्पादन हुने गर्छ ।

यस वर्ष धान भित्र्याउने समयमा बेमौसमी वर्षाले किसानलाई निराश बनाएको छ । खोलामा आएको बाढीले कतिपय किसानका खेतको धान बगाएको छ भने कतिपयको धान खेतमै पूर्णरुपमा नष्ट हुने गरी ढलेको छ । खेतमा लटरम्म फलेको धानमा बर्षाका कारण ठूलो नोक्सान भएको भोजपुर नगरपालिका–५ बोखिमका किसान धनबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘खेतमा पाकेर पहँेलपुर भएको धान काट्ने बेलामा आएको वर्षाले नष्ट गरिदियो । अब के खाने होला । यस वर्ष बीउ जोगाउनसमेत समस्या भएको छ ।’’

त्यस्तै अरुण गाउँपालिकाका किसान रामप्रसाद दाहालले पनि बर्षातले सबै धानबाली सखाप पारेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो,‘‘बर्षातले किसानलाई धेरै क्षति पु¥याएको छ । काटेर थन्काउने अवस्थामा पुगेको धान बाढीले बगाउनाका साथै खेतमा भएको धान लडेर सखाप पारेको छ । यसवर्ष ५० प्रतिशतभन्दा बढी धान नष्ट भएको छ ।
वर्षभर खाने धानमा क्षति पुगेपछि किसानले सरकारबाट राहतको माग गर्न थालेका छन् । क्षति भएको स्थानको स्थलगत अनुगमन गर्नुपर्ने भोजपुर बोखिमका किसान बालकृष्ण श्रेष्ठको माग थियो । उहाँले भन्नुभयो,‘‘ स्थानीय सरकारले राहतका लागि पहल गर्नुपर्ने अवस्था आएको छ ।”

किसानको हजारौँ रोपनी जमिनमा लगाइएको बाली माटोमा मिलेको छ । क्षतिको विवरण सङ्कलन गरेर राहतको व्यवस्था गर्नु पर्ने हाम्रो माग छ ।’’कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर १७ हजार हेक्टर जमिनमा धान खेती हुने गरेको छ । कार्यालयमा धान नोक्सानीको विषयमा कुनै पनि तथ्याङ्क नरहेको केन्द्रका प्रमुख योगेन्द्रप्रसाद यादवले बताउनुभयो । तथ्याङ्क सङ्कलनका लागि सबै स्थानीय तहमा पत्र पठाई सकिए पनि अहिलेसम्म कतैबाट पनि विवरण नआइसकेको उहाँको भनाइ थियो।

‘‘वर्षाले धानका साथै कोदोबालीमा पनि क्षति पु¥याएको छ । स्थानीय तहहरुबाट अहिलेसम्म हामीले आधिकारिक तथ्याङ्क पाएका छैनौँ’’ प्रमुख यावदले भन्नुभयो, ‘‘यस्तो समयमा आएको बर्षातले धान बालीमा ठूलो क्षति भएको छ । हामीसँग आकस्मिक प्रकोप सहयोग कोष छ । त्यसबाट पनि कृषकलाई केहि राहत दिन सकिन्छ तर त्यसले मात्र पुग्ने स्थिति छैन । जिल्लाभरको क्षतिको विवरण सङ्कलन गरेर थप राहतका लागि स्थानीय, प्रदेश तथा केन्द्रीय सरकारसँग पहल गछौँ ।’’

पौवादुङमा गाउँपालिको अधिकांश भेगमा धानखेती हुँदै आएकामा हालैको लगातारकोे बर्षातले त्यहाँको श्यामशिला, बास्तीम, सानोदुम्मा, ठूलोदुम्मा, तिलहारलगायत स्थानका धानबाली नष्ट गरेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

थन्काउने बेलामा सबै धानबाली वर्षाले नष्ट गरेकाले खाद्य सङ्कट आउन सक्ने पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राईले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘लगातारको वर्षाले धानबाली नष्ट गरेको छ । के कति क्षति भयो भन्ने विषयमा गाउँपालिकाको कृषि शाखालाई विवरण सङ्कलन गर्न लगाएका छौँ । विवरण सङ्कलनपछि कसरी किसानलाई राहत दिने भन्ने विषयमा कार्यपालिकाको बैठक बसेर हामी राहात उपलव्ध गराउछौँ ।’’

त्यस्तै अरुण गाउँपालिकामा पनि क्षतिको विवरण सङ्कलन भइरहेकाले किसानलाई राहत दिने विषयमा भने कार्यपालिकाको बैठक बोलाएर छलफल गरिने त्यहाँ अध्यक्ष गजेन्द्रबहादुर कार्कीले बताउनुभयो । मुख्य खाद्यन्न बालीको रुपमा रहेको धानबाली बर्षातले नष्ट गरिदिएपछि अधिकांश किसानको घरमा भोकमरी आउने रामप्रसादराई गाउँपालिका अध्यक्ष विजय राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यस विषयमा गाउँपालिकाको ध्यान गएको छ । हामी किसानाई कसरी राहत दिन सकिन्छ भन्ने विषयमा छलफल गर्ने भएका छौ ।”
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।