ताप्लेजुङमा तीन दिनदेखि संचार सेवा अवरुद्ध, बैंकिङ कारोबारमा समेत समस्या

दिलकुमार लिम्बु/ताप्लेजुङ, ४ कात्तिक । तीन दिनदेखि ताप्लेजुङमा संचार सेवा अवरुद्ध भएको छ । केही दिनदेखिको अविरल वर्षाका कारण उत्पन्न समस्याले सबै प्रकारका दुरसञ्चार सेवा अवरुद्ध भएको हो ।

नेपाल टेलिकमबाट प्रवाह हुने ल्याण्डलाइन फोन सेवा, इन्टरनेट, मोबाइल सेवा मंलबारदेखि अवरुद्ध छन् । वर्षाका कारण इलामको फिक्कल, इटहरी र विराटनगरका टावर र अपलिंक फाइफरमा समस्या आएपछि ताप्लेजुङमा सबै संचार सेवा बन्द भएको नेपाल दुरसञ्चार कार्यालय ताप्लेजुङका सूचना अधिकारी सुदीपकुमार महतोले बताए । तत्काल सेवा सुरु गर्न प्रविधिक टोलीले काम गरिरहेको र कहिले सम्ममा सेवा सुरु हुन्छ भन्न नसकिने महतोले बताए । अन्य मोबाइल सेवा प्रदाय एनसेल, इन्टरनेट सेवा प्रदायक सुबिसु, टेकमाइन र वर्डलिंकको सेवा पनि अवरुद्ध भएको छ ।

बैंकिङ र सरकारी कार्यालयको सेवा समेत प्रभावित

इन्टरनेट नभएसँगै यहाँका सरकारी कार्यालय तथा संघसंस्थाहरूको कार्यसम्पादनमा समेत समस्या भएको छ । मंगलबार, बुधबार र बिहीबार इन्टरनेट अवरुद्ध भएपछि बैंकिङ कारोबारमा समेत समस्या भएको छ ।

मोबाइल सेवा अबरुद्ध हुँदा धार्मिकस्थाल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्रीहरू र विश्व प्रसिद्ध कञ्चनजंघा हिमाल क्षेत्र भ्रमण गर्न आउने पर्यटकहरू समस्या खेप्नु परेको छ । ताप्लेजुङमा पुगेर साथै समयमै होटल बुकिङ गर्न नपाउँदा तीर्थयात्री र पर्यटहरूले बास बस्नका लागि होटल नपाउने, मन्दिरसम्म जाने गाडी नपाउने आफ्न्तहरूसँग सम्र्पकविहिन हुनु पर्ने समस्या भएको छ । मोबाइल र इन्टरनेट सेवा अवरुद्धभएसँगै स्थानीय सञ्चारमाध्यमले समाचार प्रकाशन तथा प्रसारणमा समेत समस्या भएको जनाएका छन् ।

निरन्तरको वर्षाका कारण राष्ट्रिय प्रसारण लाइन पनि दुई दिन अवरुद्ध भएको थियो । बिहीबार विहानदेखि प्रसारण लाइनले काम गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।