डुबानमा परेको दुहबी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा, विद्युत आपूर्ति सूचारु

काठमाडौं, ४ कात्तिक । अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थिति १३२ केभी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा आएको छ ।

डुबानका कारण मंगलबार राति साढे ८ बजेबाट बन्द भएको दुहबी सबस्टेसन पानी फालेर बिहीबार विहान साढे १० बजेबाट सञ्चालनमा ल्याइएको छ ।

‘हाम्रो टिमको रातदिनको खटाइ, स्थानीय तह, प्रशासन, सुरक्षाकर्मी, स्थानीय बासिन्दालगायतको सहयोगबाट सबस्टेसनभित्र पसेको पानी फालेर चार्ज गर्न सफल भएका छौं,’ विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘अब दुहबी सबस्टेसनबाट निकालिएका लाइनको क्रमश: चार्ज गर्दै त्यस क्षेत्रमा विद्युत आपूर्ति गरिरहेका छौं ।’

प्रदेश नं १ का जिल्लामा विद्युत आपूर्ति गर्ने मुख्य सबस्टेसन दुहबी डुबानमा परेपछि मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लामा विद्युत आपूर्ति बन्द भएको थियो । सबस्टेसन सञ्चालनमा आएसँगै अहिले अधिकांश ठाउँको विद्युत आपूर्ति सूचारु भइसकेको छ ।

उपकरणमा ठूलो क्षति नपुगेकाले आवश्यक सुरक्षात्मक उपाय अपनाएर सबस्टेसन चार्ज गर्न सफल भएको प्राधिकरण दुहबी ग्रिड शाखा प्रमुख राजेश रेग्मीले बताए । सबस्टेसनमा रहेका ४ वटा पावर ट्रान्सफर्मरको क्षमता २१९ एमभीए छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।