पाँचथरमा बाढीपहिरो: मृ’त्यु भएका २६ जनाको सनाखत

पाँचथर, ४ कात्तिक । पाँचथरमा बाढीपहिराका कारण मृ त्यु भएका २६ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरले हालसम्म २६ जनाको मृ त्यु भएको पुष्टि गरेको हो । यद्यपि मृत्युको सङ्ख्या केही बढी रहेपनि प्रहरीले सो सङ्ख्या पुष्टि गरेको छैन् । पाँचथरमा बाढीपहिरामा परी छ जना बेपत्ता भएका छन् भने आठ जना घाइते भएका छन् । पाँचथरमा पहिराले पुर्दा इलामका दुई स्वास्थ्यकर्मी समेत बेपत्ता छन् ।

बाढीपहिरामा परी मृ त्यु हुनेमा फिदिम नगरपालिका– १३ लुङरुपाकी २२ वर्षीया ममता लिम्बू र सोही स्थानका चार वर्षीय रोमन मगर, फाल्गुनन्द गाउँपालिका– ३ मालिङ्गेका १० वर्षीय युगेश तामाङ र सोही स्थानका २८ वर्षीय फुर्वा तामाङ, फाल्गुनन्द गाउँपालिका–४ च्याप्लुङकी ३५ वर्षीया प्यारीमाया तुम्बापो चेम्जोङ र कुम्मायक गाउँपालिका–२ लोक्तापाकी ४० वर्षीया डम्बरकुमारी शेर्मा छन् ।

यस्तै जिल्लाको मिक्लाजुङ गाउँपालिका– ५ कारबारीका ७५ वर्षीय धनबहादुर लावती, सोही वडाको हुलाक भन्ने ठाउँकी ३६ वर्षीया चन्द्रकला राई, मिक्लाजुङ गाउँपालिका–१ आठभैयाका ३५ वर्षीय सन्तोष नेपाली, मिक्लाजुङ वडा नं ५ सिक्तेम्बाका ४७ वर्षीय मनबहादुर राई र सोही स्थानकी ४६ वर्षीया बिमला श्रेष्ठ राई, सोही वडाको पञ्चमी भन्ने स्थानका ३१ वर्षीय विष्णुबहादुर लावती, ३१ वर्षीय सन्दीप लावती, १७ वर्षीय अनिल राई, १७ वर्षीय अनिया चोङबाङ, २८ वर्षीय प्रताप चोङबाङ, ६५ वर्षीय पदमसिंह चोङबाङ, ३१ वर्षीय सुरज चोङबाङ, ५५ वर्षीय भद्रमाया लावतीको पहिरोमा परी मृ त्यु भएको छ ।

यस्तै मिक्लाजुङ गाउँपालिका–४ पञ्चमीका २५ वर्षीय बबिन राई र २७ वर्षीय अनिल राई, धनकुटा घर भएका ६० वर्षीय मगर साइला भनिने व्यक्ति, मिक्लाजुङ– २ नाकेदिमकी ५१ वर्षीया मानमती शेर्मा र सोही स्थानकी २१ वर्षीय निशा शेर्मा तथा मिक्लाजुङ–७ का मनमाया राई र वीरमान राईको बाढीपहिराका कारण मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।