जनमत पार्टीका धनुषा अध्यक्षसहित १७ जनाविरुद्ध मुद्दा चलाइँदै

जनकपुरधाम, ५ कात्तिक । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका प्रमुख राजेश कुश्वाहामाथि हा’तपात तथा दु’र्व्यवहार गर्ने जनमत पार्टीका १७ जना कार्यकर्ता माथि प्रहरीले अदालतमा मु’द्दा चलाउने भएकाे छ ।

कुश्वाहामाथि दु’र्व्यवहार गरेको आरोपमा प्रहरीले बिहीबार ६२ जनालाई पक्राउ गरेकामा तीमध्ये १७ जनामाथि मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । १७ जनालाई हि’रासतमा राख्न जिल्ला अदालत धनुषाबाट म्याद थपकाे अनुमति लिइने उनले बताए । बाँकी रिहा भइसकेका छन् ।

प्रहरी स्राेतका अनुसार जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुश्वाहा, पार्टीका सर्लाही जिल्ला सदस्य संजय कुमार सिंह, सिरहा जिल्ला सदस्य सौदी मण्डल,सिरहा जिल्ला सदस्य दुर्योधन यादव, सोही जिल्लाका सक्रिय सदस्य प्रेमकिशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो उर्फ जीवन तयारी,विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, धनुषा सबैला नगर संयोजक संजय प्रधानमाथि मुद्दा चलाउने भएकाे हाे ।

धनुषा जिल्ला सदस्य धनिक लाल कापर, कैलाशप्रसाद साह, विक्रमकुमार साह, विद्यार्थी नेता महेशकुमार यादव, सिरहाका पार्टी सदस्य रामकरण यादव, दलित संघ सिरहाका सदस्य दिनेश रजक साफी, पार्टीका सिरहा कल्याणपुर नगरपालिकाका वडा सचिव अमनाथ साह, महोत्तरी बलवा नगरपालिका अध्यक्ष संजयकुमार साह र धनुषा विदेह नगरपालिका पार्टी वडा सदस्य सुन्दर मण्डल रहेको प्रहरी स्राेतले जनाएको छ । एक प्रहरीका अनुसार अपराधी प्रवेश तथा अपराधि उप्रद मु’द्दा प्रमाणित भएको खण्डमा क्षतिपूर्तिसहित १ वर्षदेखि ३ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।