हावाहुरीका कारण १९ हजार रोपनीमा लगाइएको धान ढले

खोटाङ, ५ कात्तिक । वर्षासँगै चलेको हावाहुरीका कारण खोटाङमा १९ हजारभन्दा बढी रोपनीमा लगाइएको पाक्न लागेको धानबाली ढलेको छ । ३१ असोजदेखि २ कात्तिकसम्म परेको वर्षासँगै आएको हावाहुरीका कारण जिल्लाका १० स्थानीय तहका १९ हजार एक सय रोपनी क्षेत्रफलमा पाक्न लागेको धानबाली ढलेको हो ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका करिब आठ प्रतिशत धानबाली वर्षा र हावाहुरीले ढालेको कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रशार अधिकृत सञ्जयकुमार पण्डितले बताए । जिल्लाका १२ हजार आठ सय ९८ हेक्टर जमिनमा धान रोपाईं हुने गरेको छ ।

प्रारम्भिक तथ्यांकअनुसार खोटेहाङ गाउँपालिकामा सबैभन्दा बढी आठ हजार रोपनीमा पाक्न लागेको धान ढलेर नष्ट भएको कृषि प्रसार अधिकृत पण्डितले बताए ।

कृषि ज्ञान केन्द्रका अनुसार रावाबेँसी गाउँपालिकामा चार हजार रोपनी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा दुई हजार रोपनी, बराहपोखरी गाउँपालिकामा एक हजार आठ सय रोपनी, जन्तेढुंगा गाउँपालिकामा एक हजार रोपनी, साकेला गाउँपालिकामा एक हजार रोपनी, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा एक हजार रोपनी, हलेसी तुवाचुङ नगरपालिकामा दुई सय रोपनी र केपिलासगढी गाउँपालिकामा एक सय रोपनी क्षेत्रफलमा लगाइएको धान ढलेको हो ।

ऐंसेलुखर्क गाउँपालिकामा लगाइएको धानबालीमा पुगेको क्षतिका विषयमा जानकारी आउन बाँकी छ । प्राविधिकको टोलीमार्फत धानबालीमा पुगेको क्षतिका विषयमा तथ्यांक संकलन भइरहेको कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए ।

कतिपय फुल्दै गरेका र कतिपय भित्र्याउने बेलाको धानबालीमा क्षति पुग्दा धानको उत्पादन घट्ने भएकाले किसान चिन्तित बनेका छन् । आर्थिक वर्ष २०७७÷०७८ मा २९ हजार ३४२ मेट्रिक टन र आर्थिक वर्ष २०७६÷०७७ मा १८ हजार ५७ सय मेट्रिक टन उत्पादन भएको थियो ।

वर्षा तथा हावाहुरीका कारण कोदो, जुनेलो, फापरलगायतका बालीनाली ढालेको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुकी स्थानीय फूलसरी राईले बताइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।