उपमेयर कप महिला लिगका लागि धनकुटाको टोली काठमाण्डौ प्रस्थान

धनकुटा, ६ कात्तिक । उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिता लागि धनकुटा नगरपालिकाको टोली काठमाण्डौ प्रस्थान गरेको छ। ४ गतेदेखि सुरु भएको लिगमा भाग लिन टोली काठमाण्डौ प्रस्थान गरेको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला लिग छनोटको रुपमा आयोजना गरेको प्रतियोगिताको दोस्रो संस्करण एन्फा कम्प्लेक्स सातदोबाटो भइरहेको छ। धनकुटा नगरपालिकाको २५ जनाको टोली प्रस्थान गरेको हो।

धनकुटा फुटबल संघको सहकार्यमा धनकुटा नगरपालिकाले खेलाडि छनौट गरेको हो। काठमाण्डौ रहेको टोलिलाई सबै व्यवस्थापन धनकुटा नगरपालिकाले गर्ने जनाइएको छ।

धनकुटा नगरपालिकाको टोली आगमाी १० गते कैलालीको धनगढी नगरपालिकासँग र १४ गते गोकर्णेश्वर नगरपालिका काठमाडौँसँग प्रतिष्पर्धा गर्ने जनाइएको छ।

उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगितामा सहभागी ३१ टोली सहभागि रहेको र ती टोलीलाई १० समूहमा विभाजन गरिएको एन्फाले जनाएको छ। जसमा समूह ए मा चार र अन्य समूहमा तीन टोली रहेका छन। समूहका विजेता ‘नक आउट’ चरणमा प्रवेश गर्नेछन। २२ कात्तिकमा नक आउट चरणका खेल सुरु हुनेछन। फाइनलमा पुग्ने दुई टोली भने यसै वर्ष हुने राष्ट्रिय महिला लिगमा छनोट हुनेछन।

गत सिजन राष्ट्रिय लिगमा उत्कृष्ट प्रदर्शन गरेका तीन विभागीय ९नेपाल पुलिस, आर्मी, एपीएफ० सहित चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाले प्रतियोगितामा ‘बाई’ पाएका छन। दुई क्लब छनोट भएसँगै अर्को राष्ट्रिय लिग खेल्ने टोली आठ पुग्नेछन। यसपटक छनोट खेलमा प्रत्येक टोलीले चार विभागीय खेलाडी खेलाउन पाउने प्रावधान छ।

उपमेयर कपको विजेताले पाँच लाख र दोस्रो हुने टोलीले तीन लाख पाउनेछ। फेयर प्ले टिमले नगद ५० हजार पाउनेछ। यता, विधागततर्फ उत्कष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २० हजार प्राप्त गर्दा एक सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन। यस्तै प्रत्येक खेलको वुमेन्स अफ दि म्याचले पाँच हजार रुपैयाँ पाउनेछन।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।