कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल

दिलकुमार लिम्बु/ताप्लेजुङ, ७ कात्तिक । ताप्लेजङस्थित कञ्चनजंघा क्षेत्रमा पर्यटकहरूको चहलपहल बढेको छ । अन्तरिक तथा बाह्य पर्याकहरूको जहलपहल बढेको हो । कोभिड—१९को कारणले दुई वर्ष सुनसान रहेको कञ्चनजंघा क्षेत्रमा गत सातादेखि आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल सुरु भएको ।

कञ्चनजंघा क्षेत्रको भ्रमणमा आएका पर्यटक कोही आधारक्षेत्र पुगेका छन् भने कोही बीच बाटो घुन्सा क्षेत्रमै पुगेका छन् । यस्तै ताप्लेजुङ हुँदै मकालु हिमालको भ्रमणमा जाने पर्यटकसमेत ओलाङ्चुङगोला क्षेत्रमा पुगेका छन् ।

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासीतेन्जिङ शेर्पाका अनुसार फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सामा विदेशीसहित २८ जना पर्यटक विहिबार कञ्चनजंघा क्षेत्र प्रवेशद्वार घुन्सा पुगेको छ ।

विदेशी पर्यटकमा अमेरिका, फ्रान्स लगायत देशका ११ जना छन् भने आन्तरिकमा झापा, काठमाडौंलागयत विभिन्न जिल्लाका पर्यटकहरू घुन्सा क्षेत्रमा पुगेको शेर्पाले बताए ।

त्यस्तै ४० जना विदेशीसहित पर्यटक कञ्चनजंघा आधार शिविर प्रवेश गरिसकेको शेर्पाले बताए । उक्त पर्यटकको टोली साता दिन अघि नै आधार शिविर क्षेत्रको भ्रमणमा गएका बताइएको छ ।

यसैगरी, फक्ताङ्लुङ (कुम्भकर्ण–७७१० मिटर) हिमाल आरोहणमा गएका दुईजना अमेरिकी आरोहीसहितको टोली पनि वर्षाले कुम्भकण क्षेत्रमै रहेको छ ।
यता, ताप्लेजुङ र संखुवासभाको सीमाक्षेत्र लुम्बासुम्बा हुँदै मकालु हिमालको भ्रमणमा जाने ११ जना पर्यटक ओलाङचुङगोलामा पुगेको ओलाङ्चुङगोलाका स्थानीय होटल व्यवसायी याङ्माक नुपु शेर्पाले बताए ।

तीन दिनदेखिको निरन्तरको वर्षाका कारण कञ्चनजङ्घाको खम्बाचेन, लोनाक आधार शिविर क्षेत्रसम्म हिमपात भएको पनि घुन्साका स्थानीय होटल व्यवसायी उटुक शेर्पाले बताए ।

केहि हिमपात भए पनि पर्यटक घुन्सा क्षेत्रदेखि कञ्चनजंघा हिमालको आधारशिविर क्षेत्रतिर प्रवेश गरेको शेर्पाले बताए । तीन हजार ४५० मिटरको उचाइ रहेको घुन्सा पर्यटकीय वस्तीमा पर्यकहरूको खचाखच हुन थालेको छ ।

त्यस्तै, तीन हजार २०० मिटर उचाइ रहेको ओलाङ्चुङगाला वस्तीमा पुग्न थालेको स्थानीय तन्तिङ वालुङले बताए । फले, घुन्सा गाउँ कञ्चनजंघा हिमालको पदमार्ग क्षेत्रमा पर्दछ भने फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला पश्चिमको दार्चुला जोड्ने ग्रेट हिमालयन ट्रेलको पूर्वी सुरुवात बिन्दु पर्दछ ।

पछिल्लो समय विभिन्न पर्यटकीय क्षेत्रको भ्रमणमा निस्कने पर्यटकको रोजाइमा ग्रेट हिमालयन ट्रेल (पूर्व–पश्चिम पदमार्ग) पर्न थालेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्बू लिम्बूले बताए ।

लामो समयसम्म कोभिड—१९ का कारणले बन्द भएको कञ्चनजंघा क्षेत्रका होटलहरू खुल्न थालेको छ । ठूलाठूला लगानी गररे निर्माण गरेको होटलहरू दुई वर्षयता पर्यटक नआएपछि बन्द भएको थियो ।

तर, गत सातादेखि पर्यटकहरूको चहलपहल बढेसँगै होटल धमाधम सञ्चालनमा आउन थालेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।