आम्बोटेमा बोलेरो दु’र्घटना हुँदा आठ जना घा’इते
उदयपुर, ७ कात्तिक । उदयपुरको उदयपुरगढी गाउँपालिका- ५ आम्बोटेमा बोलेरो दु’र्घटना हुँदा आठ जना घा’इते भएका छन । बर्रेबाट कटारीतर्फ जाँदै गरेको बोलेरो ओरालोमा ब्रेक फेल भई दु’र्घटना हुँदा आठ जना यात्रु घा’इते भएका हुन् ।
घा’इते हुनेमा उदयपुरगढी गाउँपालिका– ३ का ४३ वर्षीय खिलराज तामाङ, २० वर्षीय आशिष खड्का, वडा नम्बर ४ का ५० वर्षीया सुनमाया तामाङ, २३ वर्षीया हिरा तामाङ, ३८ वर्षीय चीनमाया तामाङ, १५ वर्षीय मेखबहादुर बस्नेतसहित बिगुल गाउँपालिका- ४, दोलखाका २६ वर्षीय सन्दीप ठकुरी र सोही ठाउँका २४ वर्षीया एसिला कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख लिलबहादुर श्रेष्ठले जानकारी दिए ।
घा’इतेहरुको जिल्ला अस्पताल गाइघाटमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ । अधिकांशकाे हात, खुट्टा, ढाँडमा सामान्य चो’ट रहेको प्रमुख श्रेष्ठले जानकारी दिए । ओरालोमा आउँदै गर्दा अनियन्त्रित भएर दु’र्घटना भएको प्रहरीले जनाएको छ । चालक प्रहरी नियन्त्रणमा छन् ।


