हङकङमा बसेर पत्रकारिता गर्दै आएका राईको भोजपुर जाने क्रममा भीरबाट लडेर मृ त्यु

खोटाङ, ८ कात्तिक । हङकङमा बसेर पत्रकारिता गरिरहेका ५४ वर्षीय पत्रकार किसन राईको भीरबाट लडेर मृ त्यु भएको छ । काठमाडाैंबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर जानेक्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडास्थित पंखु खोलामा आइतबार साँझ भीरबाट लडेर पत्रकार राईको मृ त्यु भएको हो ।

गाडी रोकेर दिसापिसाब गर्न भन्दै पाखामा जानेक्रममा भीरबाट लडेर पत्रकार राईको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर शाहले बताए ।

ओखलढुंगाको मोलुङ गाउँपालिका-२ टेकनपुरबाट धरान नगरपालिका-१५ बसाइँ सरेका पत्रकार राई नेपाल पत्रकार संघ हङकङका अध्यक्ष पनि हुन् । उनको सम्पादकत्वमा दुई दशकदेखि हङकङबाट एभरेष्ट साप्ताहिक प्रकाशन हुँदैआएको छ ।

पत्रकार राईको लडेर मृ त्यु भएको विषयमा प्रहरीचौकी दोर्पाचिउरीडाँडालाई बेलुका ७ बजे खबर पुगेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक शाहको नेतृत्वमा खटिएका प्रहरीले राति २ बजे शव जिल्ला अस्पताल पुर्‍याएको थियो । राईलाई अस्पतालमा मृत अवस्थामा ल्याइएको मेडिकल सुपरिटेण्डेण्ट डा. वैभव मल्लिकले पुष्टि गरेका छन् । धरानबाट आफन्त आएपछि पोष्टमार्टम गरेर शव जिम्मा दिने तयारी गरिएको प्रहरी निरीक्षक शाहले बताए । पत्रकार राईसँग सशस्त्र प्रहरीका पूर्व एसपी प्रेम श्रेष्ठ पनि थिए । उनीहरू घुमफिरका क्रममा भोजपुरतर्फ हिँडेको बताइएको छ ।

जनजाति महासंघ हङकङका अध्यक्ष रहेका राई किरात राई यायोक्खा हङकङका संस्थापक अध्यक्ष पनि हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।