पाँचथर बा’ढीमा बे’पत्ताकाे खाेजीमा कु’कुर परिचालन

पाँचथर, ९ कात्तिक । एक साता अघि बा’ढीले ब’गाएर बे’पत्ता भएका पाँचथरको फिदिम नगरपालिका-६ सिवाका प्रेम आले मगरको श’व फेला परेको छ । मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बा’ढीले ब’गाएर बे’पत्ता भएका उनकाे श’व शिवा खोलामै फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बमाैसमी वर्षाका कारण गत साता पाँचथरमा बा’ढीप’हिराे आएकाे थियाे । यी घटनामा पाँचथरमा मात्र ३१ जनाले ज्यान गु’माएमा छन् । बाढी’पहिरोमा परी मिक्लाजुङ गाउँपालिकाका तीन जना अझै बे’पत्ता छन् । बेप’त्ताको खोजीका लागि प्रहरीको तालिम प्राप्त कु’कुर झिकाइएको छ । तालिम प्राप्त कु’कुरसहितको टोली हिजो मिक्लाजुङ-४ रबि आइपुगेको र खोजी कार्य सुरु हुने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।

आज कामना सेवाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं, ९ कात्तिक/कामना सेवा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरणका लागि बैंकले भोली बुधबारबुकक्लोज गर्दैछ। आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने हाल कायम चुक्ता पूँजीको १८ दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९७ प्रतिशत नगद लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न २३ कात्तिकमा १५औँ साधारणसभा बोलाएको छ । सभा पार्क भिलेज रिसोर्ट बूढानीलकञ्ठ काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

सभामा लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ। आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, वासलात तयार गर्ने, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने एजेण्डा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।