तेह्रथुमको गाउँघरमा फुल्यो ढकमक्क सयपत्री, तिहारमा फूल अभाव नहुने

प्रकाश पाक्साँवा/तेह्रथुम, ९ कात्तिक । फूलै फूलको पर्वको रूपमा चिनिन्छ, तिहार । दसैँमा रंगाइएका घरहरूमा तिहारमा फूलको मालाले झिलिमिली बनाइनेगरिन्छ । गाउँघरमा रोपिएका फूल कहिले सिजनभन्दा पहिले फूल्ने त कहिले तिहारपछि मात्र फुल्दा घर सजाउन र भाइटीकामा फूलको अभाव हुन गरेको छ । तर, यो वर्ष भने तिहार नजिकिँदै गर्दा तेह्रथुमका गाउँघरमा फूल फुलेर ढकमक्क बनेको छ । तिहारमा गाउँघर प्रशस्त रूपमा फूल नहुँदा तराईबाट निर्यात भएको रबरका फूलहरूले घर सजाउने गरेका थिए ।

गाउँमा व्यावसायिक फूल खेती नुहँदा वर्षेनि तेह्रथुमका स्थानीयहरू फूलको अभाव भोग्दै आएका छन् । प्रशस्त फूल नभएकै कारण कृतिम फूलहरूको भर पर्नु यहाँका नागरिहरूको बाध्यता बन्दै आएको छ । तर, यसवर्ष भने गाउँ घरमा रोपिएका फूलहरू सिजनमै फुलेपछि विगतका वर्षहरूझैँ फूलको अभाव नरहेको हमरजुङका कमला भट्टराईले बताइन् । ‘सिजनमा फूल नफुल्दा रबरका फूल किनेर घर सजाउनु र स्थानीय बजारबाट किनेरै तिहारमा फूलमाला बनाउनुपर्थ्याे । तर, यो वर्ष घरमा रोपेकै फूल सिजनमा फुलेपछि समस्या छैन’, उनले भनिन् ।

कमलाजस्तै हमरजुङकै राजकुमारी लिम्बूले पनि रोपेको फूल ढकमक्क फुलेको छ । उनी भन्छिन्, ‘यसपालि प्रशस्त फूल फुलेकाले तिहारमा फूलको समस्या हुँदैन ।’ कमला र राजकुमारीजस्तै यहाँका स्थानीयहरूलाई यो साल फूल अभाव हुन्छ भन्ने चिन्ता छैन । यहाँका स्थानीयहरूले सयपत्री, मखमलीलगायत विभिन्न प्रजातिका फूल रोप्दै आएका छन् । गाउँगाउँमा सडक सञ्जालहरू जोडिएकाले फूल खरिदका लागि समेत व्यापारीहरू गाउँगाउँमा आउन थालेका छन् । तिहारभन्दा पहिले फूल फुलेका कारण व्यावसायीयलाई भने समस्या भएको फक्चामाराका रोहितजंग कार्की बताउँछन् ।

तेह्रथुमका उत्पादन भएको फूलस्थानीय बजारहरूका साथै पूर्वी तराईका जिल्लाहरूमा निर्यात हुँदै आएको छ ।

यो पनि पढ्नुहोस्….

खानेपानीको मुहानमाथि ल्यान्डफिल साइट सार्ने पोखराको निर्णय

पोखरा, ९ कात्तिक/पोखरा महानगरपालिकाले हालको ल्यान्डफिल साइट सार्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको उडान रुटमा अहिलेको ल्यान्डफिल साइट छ । त्यसैले विमान उडाउनुअघि ल्यान्डफिल सार्नुपर्ने पहिलो सर्त छ । त्यहाँ चराचुरुंगीसँग जहाज ठोकिन सक्ने सम्भावना देखेर विमानस्थल निर्माण आयोजनाले पटक पटक महानगरलाई पत्र लेखेर ल्यान्डफिल सारिदिन आग्रह गरेको छ । पत्राचार गरेको दुई वर्षपछि बल्ल ल्यान्डफिल सार्ने निर्णय महानगरले गरेको छ । ५२औं कार्यपालिका बैठकले पोखरा महानगरपालिका वडा नम्बर १६ र २० को पश्मराङमा ल्यान्डफिल साइट सार्ने निर्णय गरेको हो ।

जग्गाको खोजी गर्न वडा नम्बर १६ का अध्यक्ष जीवनप्रसाद आचार्यको संयोजकत्वमा कार्यदल गठन भएको थियो । उक्त समितिले दिएको सिफारिसकै आधारमा जग्गा छनोट गरिएको हो । कार्यपालिका बैठकले साईट निर्माणको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । ‘उक्त क्षेत्रका स्थानीय वासिन्दाहरु एवं सरोकारवालाहरु संग समन्वय गर्न सहजीकरण समिति गठन भएको छ । केहि चित्त नबुझेका कुरा भए समितिले समन्वय गर्नेछ,’ महानगरका प्रवक्ता धनबहादुर नेपालीले भने, ‘यो भन्दा उपयुक्त जग्गा अन्त भेटिएन । यो राम्रो ठाउँ छ । धेरै समस्या पनि आउँदैन ।’

तर स्थानीय र जनप्रतिनिधिहरूले भने खानेपानीको मुहानमाथि ल्यान्डफिल सार्न नहुने भन्दै विरोध गरेका छन् । ‘त्यहाँ ६ भन्दा बढी मुहान छ । काहुँ र भलाम क्षेत्रका नागरिकले यहीँको पानी पिउँछन्,’ वडाध्यक्ष सीम गुरुङले भने, ‘त्यस्तो ठाउँमा ल्यान्डफिल सार्नु राम्रो होइन । अझ हामीसँग एकपटक सोधेको पनि छैन ।’ महानगरले भने पानीको व्यवस्था अन्यत्रबाट गर्ने बताएको छ । ‘ल्यान्डफिल बनाएपछि पानीको श्रोत त्यो भन्दा माथि खोजिन्छ । खानेपानी नै नदिने हाम्रो नियत होइन,’ प्रवक्ता नेपालीले भने, ‘खानेपानी महानगरले व्यवस्था गर्छ । त्यहाँ पुग्ने सडक सन्जाल पनि राम्रो बनाउँछौं ।’

स्थानीयसँग समन्वय गर्न वडा नम्बर १९ का अध्यक्ष शोभामोहन पौडेलको संयोजकत्वमा ९ का वडाध्यक्ष रामराज लामिछाने, १३ का अध्यक्ष लेखबहादुर तामाङ, ११ का अध्यक्ष मोहनप्रसाद बास्तोला सदस्य रहेको समिति बनेको छ । समितिमा सम्बन्धित वडा २० नम्बरका अध्यक्ष सीम गुरुङ र १६ का अध्यक्ष जीवन आचार्य आमन्त्रित सदस्य छन् भने सरसफाइ शाखा प्रमुख कल्पना बराल सदस्य सचिव छिन् । समितिले एक साताभित्र समन्वय र सहजीकरण गर्ने छ । प्रश्तावित आयोजना कार्यान्वयनको खाका, वातावरण तथा सामाजिक प्रभावको न्युनिकरण र स्थानीइ चासो सम्बोधनका विकल्प खोजी गर्ने छ । समितिले प्रतिवेदन दिएपछि मात्रै थप कार्यान्वयन अघि बढ्ने कार्यवहाक मेयर मञ्जुदेवी गुरुङले बताइन् ।

जग्गा छनोट भए पनि महानगरको नाममा छैन । उक्त जग्गाको मुआब्जा महानगरले व्यहोर्ने गरी संघ सरकारसँग जग्गा प्राप्तिका लागि अनुरोध गर्ने निर्णय कार्यपालिकाले गरेको छ । त्यहाँको सार्वजनिक र वन क्षेत्र भने नि:शुल्क रुपमा उपलब्ध गराईदिन महानगरले आग्रह गरेको छ । ल्यान्डफिल साइटका लागि करिब तीन सय रोपनीभन्दा बढी जग्गा प्रयोग गर्न मिल्ने खालको रहेको अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।