सोलु कोरिडोर प्रसारण लाइनकाे काम साढे तीन वर्षदेखि अवरुद्ध, आठौंपटक म्याद थप्प

ईश्वर तामाङ/उदयपुर, ९ कात्तिक ।निर्माणाधीन राष्ट्रिय गौरवको सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम उदयपुरको कटारी नगरपालिका क्षेत्रमा साढे तीन वर्षदेखि अवरुद्ध हुँदा आठौंपटक म्याद थप्ने काम भएको छ । उदयपुरको कटारी नगरपालिका-४, मरुवास्थित स्थानीयवासीको अवरोधका कारण प्रसारण लाइन निर्माणको काम साढे तीन वर्षदेखि रोकिएको हो । कटारी नगरपालिका- ४ मरुवाका स्थानीयले सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको एलाइमेन्ट परिवर्तन गर्न माग गर्दै आयोजना निर्माणमा अवरोध पुर्‍याएका हुन् । स्थानीयको अवरोधपछि आयोजनाको काम त्यस क्षेत्रमा अघि बढ्न सकेको छैन ।

प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसक्दा २० मा३ ०७६ देखि व्यावसायिक उत्पादन थालेको सोलुखोला जलविद्युत् आयोजनाको २३.५ मेगावाट विद्युतमध्ये ४.५ मेगावाटबाहेक सबै बिजुली खेर गइरहेको छ । सोलु करिडोरको सातौंपटकको म्याद सेक्टेम्बरमा सकिएको छ । आठौंपटक डिसेम्बर २०२१ सम्मका लागि म्याद थप गरिएको सोलु कोरिडोर आयोजना प्रमुख जनार्दन गौतमले जानकारी दिए। निर्माणाधीन सोलु करिडोर १३२ केभी डबल सर्किट आयोजनाको ३०२ वटा टावरमध्ये अहिलेसम्म २९८ वटा निर्माण सकिएको छ ।

सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भई काम सुरु भएकाे थियाे । आयोजनाको काम सन् २०२१ सेक्टेम्बरमा काम सक्ने सर्तमा सातौंपटक म्याद थप भएकाे थियो । तर थपिएको समयसीमामा काम सुचारु हुन नसक्दा पुनः तीन महिनाका लागि समय थप गरिएको आयोजना प्रमुख गौतमले बताए । आयोजना क्षेत्रमा उत्पादित विद्युत् बाहिर लैजान १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिए पनि स्थानीयको बारम्बार अवरोधका कारण अलपत्र छ ।

सिराहाको मिर्चैयाबाट सोलुखुम्बुको तिङ्लासम्म ३०२ वटा टावर निर्माणमध्ये २९८ वटा टावर निर्माण गरी तार तान्ने कामसमेत सकिएको छ । कटारी नगरपालिका- ४ मरुवामा स्थानीयको अवरोधका कारण चारवटा टावरको फाउन्डेसन निर्माण गर्ने क्षेत्रमा काम राेकिएकाे छ । कटारी नगरपालिका- ४ मरुवा, सिम्ले, बर्मझियाका २३ घर परिवारले प्रसारण लाइनको एलाईमेन्ट परिवर्तनको माग्दै अवरोध गरेको छ । उनीहरूले एलाइन्ट परिवर्तन हुन नसके ०७५ सालमा निर्धारण गरेको मुआब्जा पुन: मूल्यांकन गर्न माग गरेका छन् । त्यसबेला प्रति कठ्ठा २० लाखका दर मूल्यांकन गरेकामा अहिले नगरपालिकाले सिफारिस गरेको प्रति कठ्ठा ५० लाख हुन पर्ने माग गरिएकाे छ ।

मरुवामा चारवटा टावर निर्माण गर्नु पर्ने भए पनि स्थानीयकाे अवरोधका कारण काम अगाडि बढाउन नसकिएको आयोजनाले बताएकाे छ । सिरहादेखि सोलुसम्म ९० किलोमिटर दूरी रहेको करिडोरमा अहिलेसम्म २९८ वटा टावरका ८७ किलोमिटरमा तार टांगिएको छ । बाँकी ३.०३ किलोमिटर अवरोध हुने क्षेत्रभित्र पर्छ । कटारी नगरपालिकाको लेखानीमा सात किलोमिटर अर्थिङ गर्न बाँकी रहेको अन्य काम सकिएको आयेजनाले जनाएको छ । प्रसारण लाइन निर्माण भएपछि सोलुखुम्बु र आसपास क्षेत्रका आयोजनाबाट हाल उत्पादित र निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत् सोलुखुम्बु, ओखलढुंगन र उदयपुर जिल्लामा वितरण गरी बाँकी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना छ । नेपाल विद्युत् प्राधिकरणले सोलु कोरिडोरमा निर्माणाधीन ३२५ मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरिसकेको छ ।

२०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जी कम्पनी प्रा.लिसँग प्राधिकरणले यो प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता गरेको थियो । बिना अबरोध काम भएको भए २०७६ माघमा निर्माण सम्पन्न गर्ने योजना थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।