“पाख्रीबास कप” फुटबल प्रतियोगिताको संघिय सॉंसद राईले गरे उदघाटन
धनकुटा । जिल्लाको पाख्रीबास नगरपालिका वडा ४ मा आजबाट अन्तर पालिका पुरुष फुटबल प्रतियोगिता “प्रथम पाख्रीबास कप” २०७८ सुरु भएको छ ।पाख्रीबास युथ युनाइटेडको आयोजनामा भइरहेको प्रतियोगिता कार्तिक १३ सम्म संचालन हुनेछ ।

जिल्लाका सातै वटा पालिकाहरु र आयोजक टीम समेत गरि ८ टीमको सहभागिता रहेको प्रतियोगिताको प्रमुख अतिथि संघिय सॉंसद तथा नेकपा एमाले धनकुटा जिल्ला अध्यक्ष राजेन्द्र कुमार राईले उदघाटन गर्नु भएको थियो । उदघाटन पछि बोल्दै सॉंसद राईले आयोजकलाई रु एक लाख सहयोग गर्ने प्रतिबद्दता पनि गर्नु भएको थियो ।

समुद्घाटन कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि,समाजसेवी,संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । नकआउटको आधारमा संचालन भइरहेको प्रतियोगिताको आजको पहिलो खेल पाख्रीबास नगरपालिका र सहिदभूमि गाउंपालिका बिच भइरहेको छ ।
यो पनि पढ्नुहोस्…
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा नेकपा एमालेको नगर कमिटी अध्यक्षमा पु:न शान्तिराम गौतम चयन भएका छन् ।
१० वडा रहेको नगरपालिकामा मंगलबार सम्पन्न नगर अधिबेशनबाट गौतम एमालेको नगर कमिटी अध्यक्षमा सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।
७५ सदस्यीय नगर कमिटीको उपाध्यक्षमा लोकेन्द्र घिसिङ,सचिवमा सिताराम राई, उपसचिवद्वयमा सरोज राई र कृष्ण धमला चयन भएका छन् ।
यो पनि पढ्नुहोस्…
गोदावरीमा सर्वसम्मत
ललितपुर, १० कात्तिक (रासस) : नेकपा (एमाले)को प्रथम गाउँ तथा नगर अधिवेशनमा गोदावरी नगरपालिकाबाट प्रभाकर थापाको नेतृत्वमा ७५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको छ ।
अधिवेशनले नन्दश्यमा महर्जनलाई उपाध्यक्ष, मिथुन महर्जनलाई सचिव तथा राजेन्द्र न्यौपाने र नमि सिलवाललाई उपसचिवमा चयन गरेको छ । ललितपुर महानगरपालिकामा आस्था शाक्य, महालक्ष्मी नगरपालिकामा हरिगोविन्द श्रेष्ठ, महाँकाल गाउँपालिकामा पुरुषोत्तम हुमागाईँ, कोञ्ज्योसोम गाउँपालिकामा कविन्द्र स्याङ्बा र बागमती गाउँपालिकामा नवराज सञ्जेलको अध्यक्षतामा किमिटी सर्वसम्मत चयन गरिएको नेकपा (एमाले) ललितपुरले जनाएको छ ।
मेलम्चीमा फेरि स¥यो नगर अधिवेशन
सिन्धुपाल्चोक ः नेकपा (एमाले) मेलम्ची नगरपालिकाको पहिलो नगर अधिवेशन फेरि सरेको छ । यसअघि कात्तिक १३ गते गर्ने तय भएको अधिवेशन प्राविधिक कारण देखाउँदै कात्तिक १५ गतेका लागि सारिएको छ ।
नगर अधिवेशन आयोजक कमिटीको मङ्गलबार मेलम्ची बजारमा बसेको दोस्रो पूर्ण बैठकले सो निर्णय गरेको हो । नगर संयोजक डम्बरबहादुर अर्यालले आन्तरिक तयारी नसकिएका कारण नगर अधिवेशन सारिएको जानकारी दिनुभयो ।


