अन्तर पालिका “पाख्रीबास कप” : पहिलो खेलमा सहिदभूमि विजयी

धनकुटा । जिल्लाको पाख्रीबास नगरपालिका वडा ४ मा आजबाट अन्तर पालिका पुरुष फुटबल प्रतियोगिता “प्रथम पाख्रीबास कप” २०७८ सुरु भएको छ ।पाख्रीबास युथ युनाइटेडको आयोजनामा भइरहेको प्रतियोगिता कार्तिक १३ सम्म संचालन हुनेछ । जिल्लाका सातै वटा पालिकाहरु र आयोजक टीम समेत गरि ८ टीमको सहभागिता रहेको प्रतियोगिताको प्रमुख अतिथि संघिय सॉंसद तथा नेकपा एमाले धनकुटा जिल्ला अध्यक्ष राजेन्द्र कुमार राईले उदघाटन गर्नु भएको थियो ।

नकआउटको आधारमा संचालन भइरहेको प्रतियोगिताको आजको पहिलो खेल पाख्रीबास नगरपालिका र सहिदभूमि गाउंपालिका बिच भएको थियो । निर्धारित समय भित्र दुबै टीमले गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटको आधारमा परिणाम निकालिएको थियो । जसमा सहिदभूमि गापाले पाख्रीबास नपालाई ४ का विरुद्द ५ गोल अन्तरले हराउंदै शहिदभूमि गापाले अर्को चरणमा प्रबेश गरेको छ ।

भोलिको खेल धनकुटा नगरपालिका र चौबिसे गाउंपालिका,आयोजक युनाइटेड युथ युनाइटेड र महालक्ष्मी नगरपालिका,छथर जोरपाटी र सॉंगुरीगढी गाउंपालिकाका बीच हुनेछ ।

“पाख्रीबास कप” फुटबल प्रतियोगिताको संघिय सॉंसद राईले गरे उदघाटन

धनकुटा । जिल्लाको पाख्रीबास नगरपालिका वडा ४ मा आजबाट अन्तर पालिका पुरुष फुटबल प्रतियोगिता “प्रथम पाख्रीबास कप” २०७८ सुरु भएको छ ।पाख्रीबास युथ युनाइटेडको आयोजनामा भइरहेको प्रतियोगिता कार्तिक १३ सम्म संचालन हुनेछ ।

जिल्लाका सातै वटा पालिकाहरु र आयोजक टीम समेत गरि ८ टीमको सहभागिता रहेको प्रतियोगिताको प्रमुख अतिथि संघिय सॉंसद तथा नेकपा एमाले धनकुटा जिल्ला अध्यक्ष राजेन्द्र कुमार राईले उदघाटन गर्नु भएको थियो । उदघाटन पछि बोल्दै सॉंसद राईले आयोजकलाई रु एक लाख सहयोग गर्ने प्रतिबद्दता पनि गर्नु भएको थियो ।

समुद्घाटन कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि,समाजसेवी,संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । नकआउटको आधारमा संचालन भइरहेको प्रतियोगिताको आजको पहिलो खेल पाख्रीबास नगरपालिका र सहिदभूमि गाउंपालिका बिच भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।