भारतमा गएको २४ घण्टामा १४ हजार ३८४ जना कोरोनाका सङ्क्रमति थपिएपछि,कूल संख्या…

नयाँ दिल्ली,१२ कात्तिक । भारतमा गएको २४ घण्टामा १४ हजार ३८४ जना कोरोनाका सङ्क्रमति थपिएपछि कूल सङ्क्रमितको संख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । सोही अवधीका कोरोना सङ्क्रमणबाट ८०५ जनाको मृ,त्यु भएपछि यस रोगबाट ज्यान गुमाउनेको कूल संख्या चार लाख ५७ हजार १९१ पुगेको छ । एकै दिनमा कोरोनाबाट ज्यान गुमाएका यी व्यक्तिहरुमा ७०८ जना केरला राज्यका रहेका छन् । हाल भारतमा एक लाख ६१ हजार ३३४ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा कोरोना शुरु भएदेखि तीन करोड ३६ लाख २७ हजार ६३२ जना व्यक्ति कोरोना मुक्त भएका छन् । गत २४ मात्र १३ हजार १९८ जना कोरोना मुक्त भएका पनि समाचारमा जनाइएको छ ।

यो पनि पढ्नुहोस्..अफ्रिकालाई सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
संयुक्त राष्ट्रसंघ,१२ कात्तिक । संयुक्त राष्ट्रसंघले अफ्रिकालाई विभिन्न क्षेत्रमा सहयोग गर्न आग्रह गरेको छ । बिहीबार संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहमदले सो कुरा बताउनुभएको हो ।उहाँले सुरक्षा परिषदमा ब्रिफिङका क्रममा अफ्रिकालाई सहयोग गर्न भन्नुभएको हो । उहाँले भन्नुभएको थियो कि अफ्रिकालाई यतिखेर खासगरी सबैभन्दा बढी सहयोग काभिड १९ का विरुद्धमा चाहिएको छ ।अफ्रिकालाई कोभिडका विरुद्धमा खोप तथा अन्य स्वास्थ्य सामग्रीहरु सहयोग गर्न विश्वका नेताहरुमा ऐक्यबद्धता हुनुपर्ने उहाँले बताउनुभएको थियो ।साथै उहाँले यसका अतिरिक्त दिगो विकास र आर्थिक क्षेत्रमा पनि अफ्रिकालाई विश्वका देशहरुले ऐक्यबद्ध भएर सहयोग गर्नु पर्दछ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका तर्फबाट उहाँले राष्ट्रसंघीय सुरक्षा परिषदमा बोल्दै अफ्रिकालाई अहिले विशेष गरी तीन क्षेत्रमा सहयोग चाहिएको धारणा राख्नुभएको हो ।उहाँले तत्कालका लागि अफ्रिकालाई खोप चाहिएको बताउनुभयो । उहाँले भन्नुभयो– अहिले तत्कालै अफ्रिकालाई कोभिडको खोप अति अवाश्यक छ र यसका लागि विश्वका देशहरुले खोप तथा खोप किन्नका लागि अनुदानको आवश्यकता परेको छ ।त्यस बाहेक अफ्रिकालाई अन्य दिगो विकासका साथै आर्थिक सहयोग लगायतका क्षेत्रमा सहयोग आवश्यक परेको भन्दै यसका लागि विश्वका देशहरुको ऐक्यबद्धता आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।