“पाख्रीबास कप” फुटबलको उपाधि चौबिसे गाउंपालिकालाई

धनकुटा,१३ कार्तिक । स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ पाख्रीबास युथ युनाइटेडको आयोजनामा पाख्रीबास नगरपालिका वडा ४ को खेल मैदानमा अन्तर पालिका पुरुष फुटबल प्रतियोगिता “प्रथम पाख्रीबास कप” २०७८ कार्तिक १० बाट सुरु भएर आज सकिएको छ ।

आज भएको प्रतियोगिताको फाइनल खेल चौबिसे गापा र सॉंगुरीगढी गापाका बिच भएको थियो । खेलमा चौबिसे गापाले सॉंगुरीगढी गापालाई शून्यका बिरुद्द एक गोल लगाउंदै प्रथम पाख्रीबास कपको उपाधि जित्न सफल भएको छ ।

खेलको पहिलो हाफमा चौबिसे गापाका जर्सी नम्बर १० बिरेन लिम्बुले गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो साथै त्यहीं गोल निर्णायक गोल समेत बनेको छ ।आजको म्यान अफ द म्याच चौबिसे गापाका जर्सी नम्बर १८ रविन लिम्बु घोषित भए । विजेता टीमलाई कप सहित रु एक लाख नगद,प्रमाणपत्र र मेडल साथै उपविजेता टीमले रु. ५० हजार नगद,मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा जिल्लाका सातै वटै पालिका र आयोजक टीम समेत गरि ८ टीमको सहभागिता रहेको थियो ।प्रतियोगितामा पहिलो दिन भएको खेल पाख्रीबास नगरपालिका र सहिदभूमि गाउंपालिका बिच भएको थियो ।
निर्धारित समय भित्र दुबै टीमले गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटको आधारमा परिणाम निकालिएको थियो । जसमा सहिदभूमि गापाले पाख्रीबास नपालाई ४ का विरुद्द ५ गोल अन्तरले हराउंदै शहिदभूमि गापाले सेमिफाइनलमा प्रबेश गरेको थियो ।


त्यसैगरि दोस्रो दिनको पहिलो खेल धनकुटा नगरपालिका र चौबिसे गाउंपालिका बीच भएको थियो। जस्मा १ का बिरुद्द ५ गोल लगाउंदै चौबिसे गाउंपालिका (रारा एफसी क्लब) विजयी भएको छ । खेलमा ह्याट्रिक गोल गर्ने चौबिसे गापाका जर्सी नम्बर ३२ नरेन्द्र विक अफ द म्याच घोषित भएका थिए ।

सोही दिनको दोस्रो खेल आयोजक टीम र महालक्ष्मी नगरपालिका बिच सम्पन्न भएको थियो। खेलको पहिलो हाफमा महालक्ष्मी नपाका विरुद्द आयोजक टीमले ३-० को अग्रता बनाएको थियो ।खेलको दोस्रो हाफमा पनि महालक्ष्मीले कुनै गोल गर्न सकेन भने आयोजकले थप १ गोल गर्दै ४-० को अन्तरले आयोजक टीम युथ युनाइटेड विजयी भएको थियो । सर्वाधिक गोल कर्ता आयोजक टीमका जर्सी नम्बर ९ पाल्देन गुरुंग म्यान अफ द म्याच घोषित भएका थिए भने तेस्रो खेलमा सांगुरीगढी गाउंपालिका(डांडा बजार) ले छथर जोरपाटी गाउंपालिकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी भएको थियो। सांगुरीगढीका जर्सी नम्बर ९ विवेक राई म्यान अफ द म्याच घोषित भएका थिए ।

हिजो प्रतियोगिताको तेस्रो दिन सेमिफाइनल अन्तर्गतका दुई खेल भए । पहिलो खेल चौबिसे गापा(रारा एफसी क्लब) र सहिदभूमि गापाका बिच भने दोस्रो खेल आयोजक टीम र सांगुरीगढी गापा(डांडाबजार) बिच सम्पन्न भएको थियो ।

जस अन्तर्गत सहिदभूमि गापा सँग खेलेको चौविसे गाउँपालिका ले ० को विरुद्ध १ गोल गर्दै फाईनलमा स्थान सुरक्षित बनाएको थियो भने आयोजक टीम युथ युनाईटेड सँग खेलेको सागुरीगढीले पनि ०-१ गोल अन्तरको अग्रताका साथ फाईनलमा प्रवेश गरेको हो । खेलमा सागुरीगढीका खगेन्द्र भण्डारी र चौविसेका आशिष लिम्वु उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

प्रतियोगिताको समापन कार्यक्रमको प्रमुख अतिथिको रुपमा पाख्रीबास नपाका प्रमुख बृख बहादुर राई रहनु भएको थियो भने अध्यक्षता आयोजक युथ युनाइटेडका अध्यक्ष गणेश गुरुंगले गर्नु भएको थियो । उदघाटन समारोहमा प्रमुख अतिथिको रुपमा आउनु भएका संघिय सॉंसद तथा नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र कुमार राईले आयोजकलाई आफ्नो तर्फबाट दिने प्रतिबद्दता गर्नु भएको रु.एक लाख रकम पनि वहॉंको प्रतिनिधित्व गर्दै पाख्रीबास नपा वडा नं ३ का कार्यवाहक अध्यक्ष सरोज राई र नेकपा एमाले पाख्रीबास ४ नं वडा कमिटी अध्यक्ष मदन राईको हातबाट युथ युनाइटेडका अध्यक्ष गुरुंगलाई हस्तान्तरण गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।