बेमौसमी वर्षाको क्षतिपूर्ति गर्न एमाले खोटाङको माग

खोटाङ, १४ कात्तिक । नेकपा एमाले खोटाङले केही समयअघि बेमौसमी वर्षाका कारण भएको जनधनको क्षतिको पूर्ति गर्न सरकारसँग माग गरेको छ । १२ कात्तिकमा सम्पन्न एमाले जिल्ला कमिटिको ७औं सचिवालय बैठकले बेमौसमी वर्षा तथा बाढीपहिरोका कारण ज्यान गुमाएका नागरिकका परिवारलाई राहत उपलब्ध गराउन सरकार समक्ष माग गर्ने निर्णय गरेको हो ।

पाक्न लागेको धानलगायतका बालीनालीमा क्षति पुग्दा खाद्यान्न अभावको चिन्तामा परेका किसानलाई उचित राहतको व्यवस्था गर्न माग गर्ने निर्णय गरेको एमालेले जनाएको छ । बैठकको निर्णय सार्वजनिक गर्न आइतबार दिक्तेलमा आयोजित पत्रकार भेटघाटमा एमालेका जिल्ला सचिव कुमार आचार्यले वर्षाका कारण भएको क्षतिको लगत संकलनका लागि सहयोग गर्न मातहतका कमिटीलाई आग्रह गरेको जानकारी दिए । ‘बेमौसमी वर्षाका कारण बाढीपहिरो जाँदा सयौं नागरिकले ज्यान गुमाएका छन् । उत्तिकै मात्रामा बालीनाली नष्ट भएको छ । आफन्त गुमाएका र बालीनाली विनास भएका किसानलाई राहत दिन सरकार समक्ष माग गर्ने निर्णय गरेका छौँ,’ सचिव आचार्यले भने, ‘जिल्लाको हकमा क्षतिको लगत संकलनका लागि सहयोग गर्न कार्यकर्तालाई निर्देशन दिएका छौँ ।’

एमालेका तीन हजार नेताकार्यकर्तालाई नयाँ जिम्मेवारी

१०औं राष्ट्रिय महाधिवेसन अन्तर्गत भएको वडा तथा पालिका अधिवेसनबाट खोटाङका तीन हजार एक सय ९९ नेताकार्यकर्ताले नयाँ जिम्मेवारी पाएका छन् । जिल्लाका १० पालिकाबाट सात सय ५० जना र ७९ वडा अधिवेसनबाट दुई हजार चार सय ९९ जनाले नयाँ जिम्मेवारी पाएको एमालेले जनाएको छ ।
एमालेले हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारको वडा अधिवेसनले महिला मात्रको वडा कमिटी चयन गरेको विषयलाई ऐतिहासिक र गर्वलायक ठहर गरेको छ । गत २० भदौदेखि ९ कात्तिकसम्मको अवधिमा जिल्लामा विभिन्न पार्टी परित्याग गरी दुई हजार एक सय ३७ जना एमाले प्रवेश गरेको सचिव आचार्यले जानकारी दिए ।

१० पालिकामा उत्प्रेरकको जिम्मेवारी
पार्टी सदस्यताको काम टुंग्याउन एमालेले १० वटै पालिकामा उत्प्रेरकको जिम्मेवारी बाँडफाँट गरेको छ । ऐसेलुखर्क गाउँपालिकामा लिलानाथ निरौला, केपीलासगढी गाउँपालिकामा देवविक्रम राई, रावाबेँसी गाउँपालिकामा विणादेबी राई, हलेसी तुवाचुङ नगरपालिकामा रामप्रसाद दंगाल र कुमार आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कुमार आचार्यलाई उत्प्रेरकको जिम्मेवारी दिएको छ ।

यस्तै, साकेला गाउँपालिकामा रामप्रसाद दंगाल, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा चर्चबहादुर विश्वकर्मा, खोटेहाङ गाउँपालिकामा दीपनारायण रिजाल, जन्तेढुंगा गाउँपालिकामा रामप्रसाद दंगाल र बराहपोखरी गाउँपालिकामा रामप्रसाद दंगालले उत्प्रेरकको जिम्मेवारी पाएका एमाले सचिव आचार्यले बताए ।
एमालेले आगामी २६ कात्तिकभित्रमा पार्टी सदस्यता नवीकरण गर्ने, नयाँ सदस्यता भराउने र सदस्यको रेकर्ड अद्यावधिक गर्ने तयारी गरेको जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।