उदयपुरमा करेन्ट लागेर ३० वर्षीय मगरको मृ त्यु

उदयपुर, १४ कात्तिक ।उदयपुरको रौतामाई गाउँपालिका-८ डुम्रीथुम्कामा क रेन्ट लागेर ३० वर्षीय कुमार मग्राती मगरको मृ त्यु भएकाे छ । मुर्कुची खमारे डुम्रीथुम्का प्रशारण लाइनमा पर्ने बाँस काट्ने क्रममा आइतबार क रेन्ट लागेर उनकाे घटनास्थलमै मृ त्यु भएकाे जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

उनको शव पोष्टमार्डमका लागि जिल्ला अस्ताल गाईघाट ल्याइएको छ ।

जुमानु प्रेरित खुमलटार फाइनलमा, उपाधिका लागि झापासँग खेल्ने

काठमाडौं, १४ कात्तिक/राष्ट्रिय फुटबल टोलीका सदस्य जुमानु राई प्रेरित एफ डी खुमलटार भेट्रान्स क्लब ‘मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता’को फाइनल प्रवेश गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा सानो गौचरण नाइट किङ क्लब (एसएनकेसी) लाई २-० गोल अन्तरले पराजित गर्दै खुमलटारले उपाधिका लागि झापा भेट्रान्स एफसीसँगको भेट पक्का गरेको हो ।

खुमलटारको जितमा रितेश खड्का र जुमानु राईले समान एकएक गोेल गरे । खुमलटारले पहिलो हाफमा गरेको दुई गोललाई जोगाउँदै अपराजित रहँदै फाइनल पुगेको हो । खेलको पाँच मिनेटमा सानो गौचरणका दिनेश ब्यञ्जनकारले गरेको गल्तीको फाइदा उठाउँदै १८ यार्ड बक्सबाट रितेशले उत्कृष्ट गोल गरे । त्यसको दुई मिनेटमै जुमानुले खुमलटारको अग्रता दोब्बर बनाए । बक्सभित्र सानो गौचरणका तीन डिफेण्डरलाई बिट गर्दै जुमानुले आकर्षक गोल गरे ।

दोस्रो हाफमा थप गोल नहुँदा खुमलटार पहिलो संस्करणको भेट्रान्स कपको फाइनलमा पुग्न सफल भयो । खेलको म्यान अफ दि म्याच खुमलटारका राजकुमार केसी भए । यसअघि आइतबारै भएको पहिलो सेमिफाइनलमा झापाले बलियो आर्मी भेट्रान्स टोलीलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गर्‍याे ।

झापाको जितमा कप्तान भेषराज लिम्बू र श्यामकुमार गोलेले एकएक गोल गरे । खेलको पहिलो हाफ बराबरी सकिँदा दोस्रो हाफमा झापाले दुई गोल गरेको थियो । भेषले खेलको ४७ र श्यामले ६० मिनेटमा गोल गरे । झापाका कप्तान भेष म्यान अफ द म्याच घोषित भए । प्रतियोगितामा आर्मीको पहिलो हार हो भने झापा अपराजित छ ।

लिगकप नकआउट प्रणालीमा खेलाइएको प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरेका थिए । २१ टिमलाई सात समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाएका थिए । प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । फाइनल खेल मंगलबार हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।