सुन्तलाले चर्चित घोर्ले गाउँमा विद्युत् विस्तार

खोटाङ, खोटाङको जन्तेढुंगा गाउँपालिका-५ चिसापानीको घोर्लेमा विद्युत‍्को राष्ट्रिय प्रशारणलाइन विस्तार गरिएको छ । सुन्तला खेतीका लागि चर्चित मानिने घोर्लेमा गाउँपालिकाले विनियोजन गरेको २८ लाख र उपभोक्ताको श्रमदानबाट नेपाल विद्युत् प्राधिकरणको गाईघाट–दिक्तेल प्रशारणलाइन अन्तरगतको विद्युत् विस्तार गरिएको हो ।

गाउँपालिका अध्यक्ष शंखरबहादुर राईले घोर्लेमा बत्तीको स्विच अन परेर विद्युत् उद्घाटन गरेका छन् । गाउँका ३५ घरमा राष्ट्रिय प्रशारणलाइनको विद्युत‍्बाट बत्ती बलेपछि घोर्लेका स्थानीयले खुसीयाली मनाएका छन् ।

सुरुङ्खेले भन्ने ठाउँबाट पोल र तार टाँग्दै घोर्लेमा विद्युत् पुर्‍याइएको हो । गाउँमा विद्युत् विस्तारका लागि स्थानीयले पोल र तार ओसार्ने, शाखा लाइनको पोल गाड्ने लगायतका काममा श्रमदान गरेका थिए । भौगोलिक रूपमा कोल्टे ठाउँ भएकाले घामले नभेट्दा सोलार समेत प्रभावकारी बन्न नसकिरहेको अवस्थामा विद्युत् विस्तार भएपछि युवामा उत्साह जगाएको स्थानीय शिक्षक जीवन राईले बताए ।

‘गाउँमा स्थायीरुपमा उज्यालो बालिएको छ । विद्युतीय उपकरण, इन्टरनेट र सूचनामा पहुँच वृद्धि भएको छ,’ शिक्षक राईले भने, ‘युवामा विद्युत‍्बाट चल्ने नयाँ व्यवसाय सुरु गर्ने, कृषि पेसालाई आधुनिकीकरण गर्ने सोच पलाएको छ । ऊर्जा मिलेको छ ।’ घोर्लेबाट वार्षिक करोडको‍ सुन्तला निर्यात हुने गरेको छ । घोर्लेलाई खोटाङको सुन्तलाको राजधानी मान्ने गरिन्छ ।

६ वडा रहेको जन्तेढुंगा गाउँपालिकामा २०७६ सालदेखि विद्युत् बिस्तारको काम अघि बढेको हो । गाउँपालिकाको केन्द्रकारुपमा रहेको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीबजारस्थित बिपी चोकमा १३ वैशाख २०७६ मा प्रतिनिधिसभाका सांसद विशाल भट्टराईले स्विच अन गरेर केन्द्रीय विद्युत् प्रशारणलाइन उद्घाटन गरेका थिए ।

जन्तेढुंगा गाउँपालिकाको चिसापानी क्षेत्रमा विद्युत् विस्तारका लागि तत्कालीन जिल्ला बिकास समितिले आर्थिक वर्ष २०७३/०७४ मा ५९ वटा पोल र तार उपलब्ध गराएको योजनालाई गाउँपालिकाको ८५ लाख बजेट खर्च गरेर सफल बनाएको थियो । गाउँपालिकाका अन्य वडामा पनि क्रमशः विद्युत् विस्तारको काम भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।