हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १९ कात्तिक (रासस) ः नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहे पनि देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका हिमाली भेगमा हल्का हिमपात तथा प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ । आज राजधानी काठमाडौँ उपत्यकाको आकाशमा दिनभरजसो सामान्य बदली रहेको छ । मौसम बदली र तुलनात्मकरूपमा तापक्रम पनि घटेकाले बढी चिसो महसुस गरिएको छ ।

महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि समान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेशमा आंशिकदेखि समान्य बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

भोलि शनिबार पनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि समान्य बदली तथा अन्य प्रदेशमा मौसम सामान्यता सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कात्तिक २१ गते आइतबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षातको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौँको अधिकतम तापक्रम २३ दशमलव नौ र न्यूनतम तापक्रम नौ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।