अचार व्यवसायमा रमाउँदै बासुकला

प्रकाश पाक्साँवा/ तेह्रथुम, २० कात्तिक । सानो घर । सानै परिवार । आर्थिक अवस्था भने कमजोर । बिहान बेलुकी हातमुख जोड्न ज्याला मजदुरी कै भर । घरमा उब्जाइएको कमाइले तीन महिना पनि धान्न मुस्किल । यी र यस्तै परिवारमा रहेकी तेह्रथुम छथर गाउँपालिका ५ ओख्रेकी बासुकला विश्वकर्मा ।
जीवनका संघर्ष निकै कष्टकर नै थियो । कमाइ ल्याउने र पकाइ खानेमै पर्थ्यो उनको परिवार । तर, उनको दैनिकी फेरिएको छ । देउराली सोसाइटी र दलित सचेतना समाज ड्यासले सञ्चालन गरेका तालिममा सहभागी बनेकी उनी यतिबेला व्यावसायिक अचार उत्पादनमा भ्याइनभ्याइ बन्दै आएकी छिन् ।

हातमा सिप नहुँदा अरुकै घरमा ज्याला मजदुरी गर्दै आएकी उनी घरमै सञ्चालन गरेको व्यवसायबाट आम्दानी लिन थालेकी हुन् । शारीरिक रूपमा समस्या रहेकी बासुकलालाई उद्योगमा काम गर्न बल नहुने भएकोले समस्या छैन । गत वर्षदेखि मात्र सुरु गरेको उनको उद्योगबाट उत्पादन भएको अचारको माग पनि बढ्दो छ । घरयासी प्रविधिबाट अर्गानिक रूपमा उत्पादन गर्ने गरेकी छिन् ।

उनी भन्छिन्, ‘तालिमले मलाई सिप मात्र दिएन परिवार धान्न गतिलो माध्यम पनि दिएको छ । यही अचार उत्पादनले मेरो परिवारलाई सामान्य घरखर्च चलाउँदै आएकी छु ।’ उनी थप्छिन्, ‘सुरुमा मैले थोरै लगानीमा सुरु गरेको हो । बजारमा अचारको माग बढेको लगानी थप्ने सोचमा छु । लगानी थपेर अचार व्यवसायलाई निरन्तरता दिने लक्ष्य छ ।’

छोरा वैैदेशिक रोजगारमा छन् । श्रीमान, बुहारी र उनी घरमा छन् । व्यवसाय सञ्चालनमा उनलाई श्रीमान र बुहारीले साथ दिने गरेका छन् । उनको उद्योगमा उत्पादन भएको अचार प्रतिकिलो एक हजार रुपैयाँले बिक्री गर्ने गरेका छन् । परिवारको साथ सहयोगसँगै व्यवसाय गर्दै आएकी उनी आफ्नो व्यवसायबाट सन्तुष्ट छिन् ।

मेलिना अचार उद्योग स्थापना गरी गाउँमै उनले व्यवसाय गर्दै आएकी छिन् । खासगरी अकबरेको अचार उत्पादन गर्दै आएका छन् । श्रीमतीले सञ्चाल गर्दै आएको अचार उद्योगमा श्रीमान सूर्यबहादुर विश्वकर्मा पनि सँगै छन् । सुर्यबहादुर भन्छन्, ‘सुरुका दिनहरूमा अचार उत्पादन गरे पनि बजार नपाउने हो कि भन्ने डर थियो । तर, यहाँ उत्पादन गरेको अचारले राम्रो बजार पाउँदा उत्साह जागेको छ । बजारमा माग बढ्दो भए पनि परिवारले मात्र उत्पादन गरेकोले धान्न सकिएको छैन ।’

अचार बिक्रीको लागि बजार खोजिरहनु पर्दैन । ग्राहकहरूले फोनमार्फत अडर गर्दै आएका छन् । ग्राहकले आफैँ खोजी गर्ने गरेकाले पनि अचार बिक्री हुन्न कि भन्ने डर छैन बासुकलालाई । जिल्लाको दुर्गम गाउँमा उद्योग स्थापना गरी पूर्वका विभिन्न सहरका साथै राजधानीसम्म निर्यात गर्दै आएका छन् ।

अकबरे मात्र नभई काँक्रा, मेहेल, अमला, गाँजर, बन्दालगायतका अचार उत्पादन हुने गरेको छ । अचार उत्पादनका लागि चाहिने सामग्री गाउँमै पाउने भएकाले पनि उद्योग सञ्चालन गर्न समस्या छैन । विभिन्न संघ संस्थाहरूले सञ्चालन गरेका तालिमहरू खासै उपयोगमा आएका देखिँदैनन् । आफूमा इच्छाशक्ति हुने हो भने गाउँमै उद्योग स्थापना गरे रोेजगार बन्न सकिन्छ भन्ने बासुकलाले उदाहरण बनेकी छिन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।