इच्छा मृ त्युलाई कानुनी मान्यता

वेलिङटन, २१ कात्तिक/न्युजिल्यान्डमा आईतबारदेखि इच्छा मृ त्युसम्बन्धी कानुन कार्यान्वयनमा आएको छ । न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयले निश्चित मापदण्ड बनाएर आईतबारदेखि इच्छा मृ त्युको सेवालाई वैधानिकता दिएसँगै यो कानुन कार्यान्वयनमा आएको हो । गत अक्टोबरमा भएको जनमत संग्रहमा ६५.१ प्रतिशतले इच्छा मृ त्युको पक्षमा मतदान गरेका थिए । कानुन कार्यान्वयनमा आएसँगै निको नहुने रोग लागेका विरामीहरूलाई विशेष राहत मिल्ने सरकारी अधिकारीहरुले बताएका छन् ।

कुनै व्यक्तिलाई निको नहुने रोग लागेको छ र ६ महिनाभन्दा बढी बाँच्न नसक्ने भनि कम्तिमा दुई जना चिकित्सकले सिफारिस गरेमा उसले इच्छा मृ त्यु रोज्न पाउने छ । तर, इच्छा मृ त्यु वरण गर्न १८ वर्ष पुगेको हुनु पर्नेछ ।

कुन कुन देशमा छ इच्छा मृ त्युको व्यवस्था ?
केही युरोपेली मुलुकहरुमा इच्छा मृ त्युलाई कानुनी मान्यता दिइएको छ । नेदरल्यान्ड, स्विट्जरल्यान्ड, स्पेन, बेल्जियम, लग्जेम्बर्गमा इच्छा मृ त्यु वरण गर्न पाउने कानुन छ । स्पेनमा यसै वर्षको मार्चदेखि इच्छा मृ त्युको व्यवस्था लागु भएको हो ।

त्यस्तै, क्यानडा र कोलम्वियामा पनि बिरामीले चाहेमा निश्चित शर्त पालना गरेर इच्छा मृ त्यु वरण गर्न सक्छन् ।

इच्छा मृ त्युका लागि देशअनुसार फरक फरक मापदण्ड छन् । अस्ट्रेलियाका क्विन्सल्यान्ड, भिक्टोरिया, साउद अस्ट्रेलिया र वेस्र्टन अस्ट्रेलियामा पनि इच्छा मृ त्युको व्यवस्था छ । इच्छा मृ त्युलाई कानुनी मान्यता दिने अन्तिम मुलुक भने पोर्चुगल हो । इच्छा मृ त्युलाई कानुनी मान्यता दिने विषयमा शुक्रबार पोर्चुगलमा मतदान भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।