सवारी दुर्घटनामा पुरोहितको ज्यान गयो

उदयपुर, २२ कात्तिक । उदयपु सदरमुकाम गाईघाटमा सवारी दु र्घटनामा एक बृद्धको ज्यान गएको छ । त्रियुगा नगरपालिका- ११ गाईघाट बजारस्थित मेन चोकमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा त्रियुगा नगरपालिका-११ शान्तिनगर टोलका ८५ वर्षीय पुरोहित कुलप्रसाद भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

घाइते भण्डारीको न्यूरो हस्पिटल विराटनगरमा उपचारको क्रममा ज्यान गएको हो । को-१९ प ९६४६ नम्बरको मोटरसाइकल र स-१ ह१६२० नम्बरको अटो ठाेक्किएका थिए । मोटरसाइकल पछाडि सवार भण्डारीकाे ज्यान गएकाे हाे ।

अटो चालक चौदण्डीगढी नगरपालिका-७ का नरबहादुर कार्कीले चलाएको थियो ।
टोखाले सहयोगीलाई सम्मान गर्ने
काठमाडौँ, २२ कात्तिक (रासस) ःटोखा नगरपालिकाले नगरपालिकाभित्र विभिन्न माध्यमबाट सहयोग पु¥याउने सहयोगीदातालाई सम्मान गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले विसं २०७४ वैशाखदेखि हालसम्म नगरपालिकाभित्र विभिन्न माध्यामबाट सहयोग पु¥याउने सहयोगीदातालाई सम्मान गर्न लागेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखामा जनप्रतिनिधि बहाल भएपछि हालसम्मको समग्र क्रियाकलाप तथा प्रगतिको अवस्था झल्कने ‘नगरको संस्करण पुस्तिका प्रकाशन, सार्वजनिक सुनुवाइ एवं सहयोगीदातालाई सम्मान’ गर्न लागिएको जानकारी दिनुभयो ।

टोखाले नगरपालिकाभित्रका उपभोक्ता समिति र उपभोक्ता समितिको पदाधिकारीको नामावली (पदसहित), कोरोना महामारीमा आर्थिक÷सामाग्री सहयोग गर्ने व्यक्ति एवं संस्था, कोरोना महामारीमा सहयोग गर्ने स्वयंसेवक, कोरोना महामारीमा प्लाज्मा दान गर्ने व्यक्ति, कोरोना महामारीमा अहोरात्र खटिने स्वास्थ्यकर्मीलाई सम्मान गर्न लागेको हो ।

यस्तै, नीति निर्माणमा सल्लाह दिने महानुभाव, नगरपालिकाभित्र सबैभन्दा बढी कर तिर्ने करदाता, योग साधनामार्फत स्वास्थ्य सेवा प्रदान गर्ने योग साधकहरु, टोखाका चाकु उत्पादक, मनोपरामर्शदाता र प्रतक्ष्य एवं अप्रतक्ष्यरुपमा टोखालाई सहयोग पु¥याउने व्यक्तिलाई सम्मान गर्न लागिएको नगरपमुख अधिकारीले बताउनुभयो ।

टोखाले सम्मानका लागि योग्य व्यक्ति एवं संस्थालाई आफ्नो विवरण कात्तिक २३ गतेभित्र नगरपालिकामा उपलब्ध गराउन सबैलाई आग्रहसमेत गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।