डेढ अर्बको भ्यु टावर : निर्माण अवधि सकिन दुई महिना बाँकी, काम जम्मा ५० प्रतिशत

झापा, २२ कात्तिक । दमक-३ मा बन्दै गरेको भ्यु टावरको चर्चा राष्ट्रियस्तरमा छ । पूर्वप्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा डेढ अर्बभन्दा बढी लगानीमा बन्दै गरेको भ्यु टावरमा ओलीको विशेष चासो थियो । त्यसकारण पनि दमकको भ्यु टावर राष्ट्रिय चर्चाको विषय भन्यो ।

कोरोना महामारीका कारण जारी पहिलो लकडाउनमा झापाका सबै आयोजना काम ठप्प हुँदा समेत दमकको भ्यु टावर निर्माण रोकिएन । लकडाउनमा पनि काम नरोकिएको आयोजनाको काम भने सम्झौता गरिएको मितिमा नसकिने निश्चित भएको छ । निर्माण सम्पन्न गर्नु पर्ने म्याद दुई महिना मात्र बाँकी रहँदा भ्यु टावर निर्माणको ५० प्रतिशत मात्र काम सम्पन्न भएको सघन सहरी तथा भवन निर्माण आयोजना, भद्रपुरले जनाएको छ । एक सय मिटर अग्लो १८ तले भ्यु टावर निर्माणको म्याद २७ पुस २०७८ सम्म मात्रै छ । तर, काम भने ५० प्रतिशत मात्र सकिएको सघन सहरी तथा भवन निर्माण कार्यालय भद्रपुरका प्रमुख राजेन्द्र खतिवडाले जानकारी दिए । भ्यु टावर निर्माणका लागि चिनियाँ कम्पनी जेडसीजीआईईसी, आशिष र ओम साईराम जेभीले २७ असार ०७६ मा एक अर्ब ५६ करोड १४ लाख ३९ हजार एक सय ६४ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

कोरोनाकालमा धमाधम काम गरे पनि कोरोना कै कारण भ्यु टावरको काम समयमा नसकिएको खतिवडा बताउँछन् । ‘कोरोना महामारीका कारण भ्यु टावर निर्माणको काम समयमै सकिएन । अहिले सातौँ तलाको निर्माण भइरहेको छ,’ उनले भने, ‘विभागले म्याद थप्ने हो । एक वर्ष जति थपिएला कि ! कोरोनाका कारण निर्माणमा समस्या आएको हो । एक वर्ष थपिनु उचित नै हुन्छ ।’ कोरोना कालमा काम भए पनि त्यसले गति लिन नसकेको उती बताउँछन् । ‘कोरोनाले लकडाउन भएको समयमा काम त भयो । तर, मजदुर नपाउने, भनेको बेलामा निर्माण सामग्री नपाउने समस्याका कारण कामले गति लिन सकेन,’ उनी भन्छन्, ‘यद्यपिऽ अहिले धमाधम काम भइरहेको छ ।’

सघन सहरी तथा भवन निर्माण कार्यालयले महामारीको समयमा मजदुरको अभाव भएको बताए पनि भ्यु टावर निर्माणस्थल छेउकै सुकुम्बासी भने आफ्नै आँगनमा भ्यु टावर निर्माण हुँदा पनि रोजगारी नपाएको गुनासो गर्छन् । बाहिरका मान्छे ल्याएर काम गराएर आफूहरुलाई रोजगारी पनि नदिएको सुकुम्बासीको गुनासो छ । ‘घरै छेउमा यति ठूलो भ्यु टावर बन्दै छ । तर, हामी काम खोज्न बाहिर जानुपर्‍यो,’ उनी भन्छन्, ‘लकडाउनमा पनि घरमै बस्यौँ । तर, भ्यु टावरमा हामीलाई काम दिइएन । यस्तो पनि कहीँ हुन्छ ?’

घर छेउमा पर्यटक ल्याउनका लागि एक सय मिटर अग्लो भ्यु टावर निर्माण हुँदैछ । तर, सुकुम्बासीको मन खुसी छैन । सुकुम्बासीलाई त्यहाँबाट उठ्नु पर्ने हो कि भन्ने चिन्ता छ । ‘यहाँ त होमस्टे बन्छ रे ! कतिले त यहाँबाट तिमीहरु हट्नुपर्छ पनि भन्दैछन्,’ सुकुम्बासी भीमकुमारी विक भन्छिन्, ‘हामी त ऐलानीमा बसेको । अलिअलि माटो त भ्यु टावरमा गयो । आँगनमा भ्यु टावर बनेर के गर्नु हामीलाई हटायो भने त समस्या हुन्छ । कहाँ गएर बस्नु । त्यसकारण हामी खुसी छैनौँ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।