ताप्लेजुङकाे जनगणना गर्न खटिए तीन सय गणक र सुपरीवेक्षक

ताप्लेजुङ, २५ कात्तिक ।ताप्लेजुङमा राष्ट्रिय जनगणनाका लागि करिब तीन सय गणक र सुपरीवेक्षक खटिएका छन् । आज बिहानदेखि नै सुरू भएकाे जनगणनाका लागि उक्त सङ्ख्यामा जनशक्ति परिचालन गरिएकाे हाे ।

जिल्ला जनगणना कार्यालय ताप्लेजुङका अनुसार नौ स्थानीय तह र ६१ वडा रहेको जिल्लामा कुल दुई सय २९ गणक र ६१ जना सुपरीवेक्षक परिचालन भएका छन् । जिल्ला जनगणना अधिकारी मानबहादुर थापाले जनगणनाका लागि छनोट भएका सबै गणक र सुपरीवेक्षक आफ्नो कार्यक्षेत्रमा परिचालन भइसकेको जानकारी दिए ।

उनले एक जना सुपरीवेक्षक बराबार एकदेखि ६ जनासम्म गणक परिचालित भएकाे बताए । उनका अनुसार सुपरीवेक्षकलाई पहिले नै विभिन्न चरणमा तालिम तथा अभिमुखीकरण गराइएको थियो । गणकलाई यही १३ देखि १६ कात्तिकसम्म चार दिन तालिम प्रदान गरिएको थियो । तालिमलगत्तै गणकहरू जनगणनाका लागि आवश्यक पर्ने फारामसहितका सामग्री लिएर कार्यक्षेत्रमा खटेका जिल्ला जनगणना कार्यालयले जनाएको छ ।

जनगणनाका लागि खटेका सुपरीवेक्षक र गणकले आ-आफ्नो क्षेत्रमा बिहीबारदेखि नै काम थाल्ने पनि जिल्ला जनगणना अधिकारी थापाले जानकारी दिए । जनगणना कार्यालयका अनुसार जिल्लामा ३३ हजार घर सङ्ख्या रहेकामध्ये करिब २७ हजार घरधुरीमा मानिसको बसोबास रहेको छ । जनगणना २५ कात्तिक बिहीबारदेखि ९ मंसिरसम्म १५ दिन सञ्चालन हुनेछ । यसअघि २०६८ सालको राष्ट्रिय जनगणनाअनुसार ताप्लेजुङको जनसङ्ख्या एक लाख २७ हजार चार सय ६१ रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।