हलेसी तुवाचुङ नगरपालिकाले सिर्जना गर्‍यो चाम्लिङ भाषा श्रोत शिक्षकको दरबन्दी

खोटाङ, २६ कात्तिक ।चाम्लिङ भाषाकाे पठन पाठनका लागि हलेसी तुवाचुङ नगरपालिकाले नगर शिक्षक (चाम्लिङ भाषा श्रोत शिक्षक)को दरवन्दी सिर्जना गरेको छ । चाम्लिङ भाषाको पठन पाठन गर्ने विद्यालयलाई प्रोत्साहन भत्ता र पुस्तक ढुवानी खर्च समेत उपलव्ध गराउँदै आएको नगरपालिकाले तुवाचुङ नगरपालिका–८ धितुङस्थित सर्वावती प्राविका लागि प्रावि तहको नगर शिक्षक (चाम्लिङ भाषा श्रोत शिक्षक)को एक दरवन्दी सिर्जना गरेको हो ।

नगर शिक्षा समितिको ११ कात्तिकको निर्णयअनुसार चाम्लिङ भाषा शिक्षण तथा चाम्लिङ भाषाको श्रोत शिक्षकका रुपमा कामकाज गर्न व्यवस्थापन समितिले २२ कात्तिकमा विज्ञापन आव्हान गरेको छ । कम्तीमा आइएड उत्तिर्ण गरेका उम्मेद्वाले नगर शिक्षक (चाम्लिङ भाषा श्रोत शिक्षक)का लागि आवेदन दिन सक्नेछन् । नगर शिक्षक (चाम्लिङ भाषा श्रोत शिक्षक)ले मासिक १३ हजार पाँच सय तलब सुविधा पाउने विद्यालयले जनाएको छ । चाम्लिङ भाषा शिक्षण तथा चाम्लिङ भाषाको श्रोत शिक्षकको रुपमा कामकाज गर्न नगर शिक्षक कार्यविधि बमोजिम प्राथमिक तहको नगर शिक्षक सरह हुने गरी नगर शिक्षक (चाम्लिङ भाषा श्रोत शिक्षक)को दरबन्दी कायम गरिएको मेयर इवन राईले बताए ।

हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका सात विद्यालयमा २०६५ सालदेखि एक विषय चाम्लिङ राई भाषामा पठन–पाठन भइरहेकाे ५ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।