राष्ट्रिय जनगणना : लिम्बू समुदायमा कुन धर्म लेख्ने अन्योल

प्रकाश पाक्साँवा/तेह्रथुम, २६ कात्तिक । १२औँ राष्ट्रिय जनगणना २५ कात्तिक बिहीबारबाट सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने मुल नाराका साथ सुरु भएको जनगणनाका लागि गणकहरू आफ्नो जिम्मेवारी पूरा गर्न कार्यक्षेत्रमा खटिएका छन् । तर, जनगणनामा धर्मको महलमा कुन धर्म लेख्ने भन्नेबारे लिम्बू समुदायमा अन्योल देखिएको छ । विगतको जनगणनमा किराँत धर्म लेख्दै आएक लिम्बुहरू अहिले आफ्नो धर्म के लेख्ने भन्नेमा अन्योल देखिएको हो ।

पछिल्लो समय मौलिक कला, संस्कार, संस्कृति र परम्परालाई मान्दै आएका लिम्बूहरूको धर्म युमा साम्यो हो भन्न थालिएको छ । लिम्बु समुदायमा सत्यहाङमा (किराँत)हरूले आफ्नो मौलिकता नै नष्ट गर्दै गएपछि मुन्धुमविद मौलिक परम्परा मान्दै आएका लिम्बूहरूको धर्म युमा साम्यो नै हो भन्न थालेका छन् ।

आफुहरू प्रकृति पुजकको रूपमा मान्दै आएका लिम्बूहरूले २०४६ सालभन्दा अगाडि हिन्दु नै लेख्दै आएका थिए । तर, अहिले लिम्बुहरूले किराँत लेख्ने कि युमा लेख्ने भन्ने अन्योल भएको बताउँछन् । सत्यहाङमा (किराँत)हरूमा जाने हो भन्ने लिम्बू (याक्थुङवा)हरू हुन् भन्ने नै प्रतिबिम्बित नभएको किराँत याक्थुङ चुम्लुङ तेह्रथुमका उपाध्यक्ष दिल साङवाले बताए ।

‘यसो भन्दै गर्दा युमा साम्योले लिम्बुहरूको अस्तित्वमा समेट्छ कि समेट्दैन भन्ने कुरा गम्भीर हो । त्यसैले जनगणनामा गम्भीर हुनपर्ने अवस्था सिर्जना भएको छ’, उनले भने । किराँत याक्थुङ चुम्लुङले किराँत नै लेख्नु पर्छ भनेर आग्रह गरिरहेको छ भने युमा साम्यो महासभाले युमा साम्यो लेख्नु पर्छ भनेर अपील गर्दै आएको छ ।

किराँत याक्थुङ चुम्लुङले २०४६ सालदेखि किराँत धर्म लिम्बू समुदायमा लेख्ने अभियान सुरु गर्दै आएको छ । अहिलेको गणनामा पनि चुम्लुङले किराँत नै लेख्नु पर्छ भने अभियान चलाउँदै आइरहेको छ । किराँत र युमा साम्योबीच विवाद हुँदै आए पनि सबै लिम्बूहरू एक भएर जाँदा राम्रो हुने किराँत याक्थुङ चुम्लुङ छथरका अध्यक्ष थानाङ तिगेलाको भनाइ छ ।

किराँत र युमा साम्यो लेख्ने र लेखाउने अभियान पूर्वका विभिन्न जिल्लाहरूमा यतिबेला तीव्र रूपमा सञ्चालन हुँदै आएका छन । यो जनगणनामा सबै लिम्बूहरूले युमा साम्यो लेख्न चाहेको मुन्धुमविद तथा लालिगुराँस नगरपालिका नगर प्रमुख अर्जुन माबोहाङले बताए । तेह्रथुम, धनकुटा, संखुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरीलगायत मुलुकका विभिन्न जिल्लाहरूमा लिम्बूहरू बसोबास गर्दै आएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।