कैलालीमा आजदेखि वडा अधिवेशन सुरु

गोदावरी, २७ कात्तिक ।नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कैलालीमा आजदेखि वडा अधिवेशन सुरु हँदैछ । तेस्रो पटक मिति तोकिएपछि अधिवेशन प्रक्रिया अघि बढेको हो । आजदेखि जिल्लाका १२६ वटै वडामा वडा अधिवेशन सुरु हुने पार्टी सभापति नरनारायण शाहले जानकारी दिनुभयो । उहाँले अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत खटाइसकिएको बताउँदै अधिवेशन सफल बनाउन एक हजार ५०१ जनाको मुल समिति र ११ वटा उपसमिति गठन गरिएको बताउनुभयो । कैलालीमा टेकबहादुर सुवेदीलाई मुख्य निर्वाचन अधिकारीको जिम्मेवारी दिइएको नेपाली कांग्रेस कैलालीले जनाएको छ ।

वडा अधिवेशनको अन्तिम नामावली कात्तिक २८ गतेभित्रै सार्वजनिक गर्दै ३० गते पालिका अधिवेशन गर्ने तालिका रहेको सभापति शाहको भनाइ छ । कैलालीमा नेपाली कांग्रेसका १८ हजार २७३ क्रियाशील सदस्य रहेका छन् । जिल्लाको सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा क्रियाशील सदस्य रहेका छन् । पार्टी कार्यालयका अनुसार धनगढीमा एक हजार १२९ महिला र तीन हजार ३७४ पुरुष गरी चार हजार ५०३ क्रियाशील सदस्य रहेका छन् ।

यो पनि पढ्नुहोस..गह्रौँसुर कालिका मन्दिरलाई पर्यटकीय आकर्षणको केन्द्र बनाइने
वालिङ, २७ कात्तिक । स्याङ्जाको प्रसिद्ध धार्मिक स्थलकारुपमा परिचित गह्रौँसुर कालिका मन्दिरमा बडादसैँको अवधिभरमा रु दश लाख बढी भेटी सङ्कलन भएको छ ।स्याङ्जाको वालिङ–८ र गल्याङ नगरपालिका १० को सङ्गमस्थलमा अवस्थित गह्रौँसुर मन्दिरमा बडादसैँको घटस्थापनादेखि कोजाग्रात पूर्णिमाको दिनसम्ममा रु दश लाख २४ हजार ३३२ सङ्कलन भएको गह्रौँसुर धार्मिक एवं पयर्टकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खाँणले जानकारी दिनुभयो । अध्यक्ष खाँणका अनुसार मन्दिरमा विभिन्न शीर्षकमा सङ्कलन भएको रकममध्ये भेटीबाट रु तीन लाख ३९ हजार ८२४, पाठाको टाउको बिक्रीबाट रु दुईलाख ६७ हजार ९७०, पाठा सरसफाइबाट रु एकलाख ८५ हजार ९००, परेवा बिक्रीबाट रु ५४ हजार ६००, विभिन्न शीर्षकबाट रु एकलाख ७६ हजार ३८ गरी रु दश लाख २४ हजार ३३२ रकम सङ्कलन भएको हो ।

बडादसैँको अवधिभर पूजा व्यवस्थापनका लागि रु तीनलाख ६८ हजार ९५५ खर्च भएको अध्यक्ष खाँणले बताउनुभयो । खर्च कटाएर बचत भएको रु छ लाख ५५ हजार ३७७ रकमले मन्दिरमा पुजारीको पारिश्रमिक, मन्दिर व्यवस्थापनमा खर्च गरिने अध्यक्ष खाँणको भनाइ थियो । तत्कालीन बाइसे चौबीसे राज्यअन्तर्गतको गह्रौँकोट राज्यका प्रथम राजा दशरथ खाँणको समयमा स्थापित ऐतिहासिक एवं पुरातात्विक महत्वको यस मन्दिर ५५० वर्ष पुरानो मानिन्छ । धार्मिक एवं पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेको यस मन्दिरको अझै प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रको रुपमा विकास गर्नका लागि भौतिक पूर्वाधार, सुविधासम्पन्न अतिथि गृह, सडकको स्तरोन्नति, खानेपानीलगायतको व्यवस्थापन गर्ने कार्य भइरहेको पर्यटकीय केन्द्रका कोषाध्यक्ष केशभक्त गुरुङले जानकारी दिनुभयो ।

विशेष गरी बडादसैँ र चैतेदसैँमा यहाँ हजारौँको सङ्ख्यामा बलि दिने गरिन्छ । एकादशी, औँशीबाहेक यहाँ हरेक दिन बलि दिने गरिएको छ । स्याङ्जासहित पाल्पा, गुल्मी, पर्वत, बागलुङ, तनहुँ, बुटवल, पोखरालगायतका स्थानबाट यहाँ बर्सेनि हजारौँ भक्तजन पूजाआजाका लागि आउने गर्छन् । वालिङ बजारबाट झण्डै आठ किलोमिटरको कच्ची ग्रामीण सडक हुँदै यस ठाउँमा पुग्न सकिन्छ । समुद्र सतहदेखि झण्डै एक हजार ६०० मिटरको उचाइमा रहेकाले पनि यहाँबाट हिमश्रृङ्खला, स्याङ्जासहित पाल्पा, नवलपरासी, कास्की, गुल्मी, पाल्पा, तनहुँलगायतका जिल्लाका केही भेग देख्न सकिन्छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।