जनगणना बारे गुनासो छ ? ११७८ मा फोन गर्नुस्

खोटाङ, २८ कात्तिक ।२५ कात्तिकदेखि मुलुकभर राष्ट्रिय जनगणना भइरहेको छ । ‘मेरो मुख्य गणना, मेरो सहभागीता’ भन्ने नारासहित सुरू भएको जनगणना आगामी ९ मंसिरसम्म जारी रहनेछ । ‘कोही नछुटौं, कोही नदोहोरियौँ’ भन्ने नारा रहेको राष्ट्रिय जनगणनासम्बन्धी कुनै गुनासो छ ? घरमा विवरण संकलनका लागि गणक आइपुगेनन् ? जनगणनाका बारेमा केही बुझ्नु छ ? चिन्ता नगर्नुस् । यसका लागि केन्द्रीय तथ्यांक विभागले टोल फ्रि नम्बर ११७८ को व्यवस्था गरेको छ ।

जनगणनाका क्रममा घर छुट भए, गणक नआइपुगे, कुनै त्रुटि भएको पाइए वा आवश्यक सुझाव भए टोल फ्रि नम्बरमा फोन गरेर सहयोग लिन/दिन सकिने जिल्ला जनगणना कार्यालय खोटाङका जनगणना अधिकारी जीतबहादुर कोईराला (जेबी)ले बताए । टोल फ्रि नम्बरमा फोन गरेपछि जिल्ला जनगणना कार्यालयमा सो बारेमा जानकारी आउने जनाएको छ । ‘जनगणनाका बारेमा कुनै समस्या वा अस्पष्टता भएमा टोल फ्रि नम्बरमा जो सुकैले फोन गर्न सक्छन्,’ जनगणना अधिकारी कोईरालाले भने, ‘टोल फ्रि नम्बरमा फोन गएपछि पुन: हामीलाई फोन आउँछ र समस्या समाधानका लागि पहल हुन्छ ।’

विकास पूर्वाधार, शिक्षा, स्वास्थ्य, पेशा, व्यवसाय, वित्तीय पहुँच, विकास निर्माणका नयाँ, सही र तथ्यगत योजना बनाउन जनगणनाको तथ्यांक महत्वपूर्ण हुने भएकाले जगनणनाका ‘कोही नछुट्न र नदोहोरिन जनगणना कार्यालयको आग्रह छ । विकास, नीति निर्माण, योजना र कार्यक्रम गर्ने तथ्यांक र जानकारी लिनका लागि नेपाल संघीय संरचनामा गएपछिको पहिलो जनगणना हाे ।

सरकारी सेवा सुविधामा पहुँच र गरिबी निवारण कार्यक्रम तर्जुमा गर्न, विपद् जोखिमको योजना बनाउन, विविधतामा एकता कायम गर्न, लैंगिक तथा सामाजिक समावेसीकरण व्यवस्था गर्न, वैवाहिक अवस्था, प्रजनन्, सुरक्षित गर्भावस्था, शिशु मृत्युदर र मातृमृत्यु दरको अवस्था, कामको सही मूल्यांकन, अपांगता भएका व्यक्तिको अवस्थाका बारेमा जानकारी लिएर सोहीअनुसार योजना बनाउन हरेक १० वर्षमा जनगणना गरिन्छ ।

राष्ट्रिय जनगणनाका लागि खोटाङमा दुई सय गणक खटाइएका छन् । गणकले ७० वटा मुख्य प्रश्नावलीमार्फत पारिवारिक विवरण, जनसांख्यिक विवरण, शैक्षिक विवरण, बसाइसराइँसम्बन्धी विवरण, प्रजनन्सम्बन्धी विवरण, बलबालिकाको बसाइँको अवस्था, अपांगतासम्बन्धी विवरण, आर्थिक क्रियाकलापसम्बन्धी विवरण संकलन गरिरहेको कार्यालयले जनाएको छ ।

३० भदौदेखि १८ असोजसम्म सञ्चालन गरिएको घर तथा घरपरिवार सूचीकरणमा खोटाङमा ५८ हजाभन्दा बढी घरहरू रहेको, ३९ हजारभन्दा बढी घरमा ४१ हजारभन्दा बढी परिवारकाे बसोबास रहेको तथ्यांक आएको जनगणना अधिकारी कोईरालाले बताए ।

२०६८ सालको जनगणनाअनुसार खोटाङको जनसंख्या दुई लाख ६ हजार तीन सय १२ थियो भने विदेशमा बस्ने १७ हजार ६ सय ६२ जना थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।