पाथीभरा दर्शन गर्न आएका दुई हजारभन्दा बढी तिर्थयात्री बन्दका कारण माथिल्लाे फेदीमै राेकिए

ताप्लेजुङ, ३० कात्तिक ।नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दले पाथीभरा मन्दिर दर्शन गर्न आउने भक्तजन प्रभावित भएका छन् । बन्दका कारण सवारीसाधन ठप्प हुँदा तीर्थयात्रीले कठिनाइ भाेग्नु परेकाे हाे । सरकारले हालै पेट्रोलिय पदार्थ र खाना पकाउने ग्यासमा गरेकाे मूल्यवृद्धिविरुद्ध नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द आह्वान गरेकाे हाे ।

एक्कासी बन्द आह्वान गरेपछि पाथीभरा मन्दिर प्रवेशद्धारकाे माथिल्लो फेदीमा साेमबार दुई हजार दुई सय भक्तजन राेकिएकाे माथिल्लाे फेदी प्रहरी चौंकीले जनाएको छ । फेदीमा राेकिएका भक्तजनहरू आज सदरमुकाम फुङ्लिङ फर्किनेछन् । फेदीदेखि सवारीसाधनमार्फत भक्तजनहरु आ-आफ्नो घर फर्कने गर्छन् । तर, बन्दले यातायातका साधनहरु ठप्प भएसँगै बिहान पूजापाठ गरेर फर्नने दुई हजारभन्दा बढी भक्तजन फेदीमा राेकिएकाे माथिल्लाे फेदी प्रहरी चौकीका प्रमुख प्रहरी असई लोकबहादुर थापाले बताए ।

बन्दले यातायातका साधन ठप्प हुँदा पाथीभरा मन्दिर दर्शनमा आउने भक्तजन पनि कम भएकाे पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । पाथीभरा मन्दिरमा दर्शन गरेर फर्कनेहरूको लागि दिउँसो ३ बजेदेखि पाथीभरा क्षेत्रमा सञ्चालन हुने सवारीसाधन सञ्चालन गर्न दिने बन्द आह्नानकर्ता तथा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव असल पन्दाकले बताए । बन्दका कारण ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजार सुनसान भएको छ ।

४० वर्षपछि मणि केशवनारायणको नित्य पूजा थालियो
ललितपुर, ३० कात्तिक (रासस)ःपाटन दरबार सङ्ग्रहालय भित्र अवस्थित मणि केशवनारायण मन्दिरमा ४० वर्षपछि नित्य पूजा थालिएको छ ।विभिन्न कारणले स्थगित भइरहेको सो पूजा सोमबार हरिबोधनी एकादशीका दिनदेखि थालिएको हो । मणि छँ ब्राह्मण समूहका सहयोगमा नारायणको क्षमा पूजा र विष्णु रुद्री पाठनसहित दैनिक नित्य पूजाको प्रारम्भ गरिएको पुजारी माधवश्याम शर्माले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “मन्दिरको आयस्ता घट्दै गएपछि हरेक दिन पूजा चलाउन खर्च नभएकाले रोकिएको सुनिन्छ ।” सो एकतले गुम्बज शैलीमा निर्माण भएको मन्दिर पूजा गरिनाका साथै सर्वसाधारका लागि सङ्ग्रहालय खुल्ने समय खुला भएको उहाँको भनाइ छ ।

सो मल्लकालीन मन्दिर विसं १९९० को भूकम्पले भत्किएपछि मर्मत र सम्भार गरी राखिएको सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताउनुभयो । उहाँले भन्नुभयो, “यस मन्दिरमा १५आँै शताब्दीको नारायणको मूर्ति छ ।” सो नारायणको दायाँ लक्ष्मी र गरुडलाई समेत दर्शन गर्न पाइने उहाँले जानकारी दिनुभयो ।तत्कालीन राजा योगनरेन्द्र मल्लले सो नारायणसहित अन्य सात मणिगणेश, मणिचैत्य, मणिछँ, मणिभैरव, मणिमण्डप, मणिलिङ्गेश्वर र मङ्गहिटी अर्थात् मणिधारा नामक ८ मणि पाटनमा निर्माण गरी मणिगल क्षेत्र बनाएका बताइएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका–१६ मा सो मन्दिर अवस्थित छ ।

ललितपुर प्राचीन समयदेखि नै बास्तुकला एवं धर्मसंस्कृति केन्द्रका रुपमा विकास हुनाका साथै विभिन्न समयमा हुने पर्व अनि जात्राहरु आदि विविध पक्षका लागि प्रसिद्ध क्षेत्र हो । ललितपुर दरबारका प्रमुख अङ्गहरुमा तलेजु अनि द्घिमाजु मन्दिर, सुन्दरी अनि नासल तथा मूल र केशवनारायण चोक रहनाका साथै तुसा अनि लोहिटी र भण्डारखाल बगैँचा आदि समेत छन् । यसैगरी दरबारको पश्चिमी प्राङ्गणमा नेपाली छानेशैलीका हरिशङ्कर अनि चारनारायण तथा विश्वनाथका साथै भीमसेन मन्दिर र शिखर एवं गन्धकूट शैलीका नरसिंह मन्दिरसमेत रहेको छ । सो मन्दिरअगाडि ‘कात्तिक डबली’ मा गत बुधबारदेखि वियोगान्त कथामा आधारित कात्तिक नाट्य महोत्सव मञ्चन भइरहेको छ । ललितपुरका युपग्राम अनि यल तथा मणिगल र ललितपुरी आदि प्राचीन नाम हुन् । ललितपुरमा किरातको राजदरबार थियो भन्ने किंवदन्तीे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।