खोटाङमा सुरक्षाकर्मीलाई गणकको रुपमा परिचालन

खोटाङ, १ मंसिर । संस्थागत जनगणनाका लागि खोटाङमा सुरक्षाकर्मीलाई गणकको रुपमा परिचालन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतका निकायको संस्थागत जनगणनाका लागि तीन जना सुरक्षाकर्मीलाई गणकका रुपमा परिचालन गरेकाे जिल्ला जनगणना कार्यालय खोटाङका जनगणना अधिकारी जितबहादुर कोईराला (जेबी)ले बताए ।

जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरीचौकीमा रहेका प्रहरीको जनगणनाका लागि नेपाल प्रहरी कै एक जना जवानलाई खटाएको छ । यस्तै, सशस्त्र प्रहरीको गुल्म र बेस क्याम्पमा रहेका सशस्त्र प्रहरीको जनगणनाका लागि सशस्त्र प्रहरीकै जवानलाई जिम्मेवारी दिएको छ । नेपाली सेनाको गणभित्रको जनगणना पनि सेनाकै एक जवानमार्फत भइरहेको जनगणना अधिकारी कोईरालाले बताए ।

जिल्ला कारागार दिक्तेलभित्र रहेका कैदी तथा बन्दीको जनगणनाको जिम्मा पनि नेपाल प्रहरी कै जवानलाई दिएको छ । यस्तै, कृषिविज्ञ मदन राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा डाँडागाउँमा स्थापना गरेको शुभद्रा–मदन फाउण्डेसनमा आवासीय अध्ययन गरिरहेका शिक्षक-विद्यार्थीको गणनाका लागि सशस्त्र प्रहरीको जवानलाई खटाइएको छ । संस्थागत जनगणना गर्ने सुरक्षाकर्मीलाई पनि अन्यलाई सरह नै तालिम दिएकाे कोईरालाले बताए । धेरै ठाउँबाट एकै ठाउँमा भेला भएर एउटै भान्छामा खाना खाने व्यक्तिलाई संस्थागत अन्तर्गत गणना गर्ने व्यवस्था छ ।

२५ कात्तिकदेखि ९ मंसिरसम्म सञ्चालन हुने जनगणनाका लागि खोटाङमा दुई सय ९० गणक खटाइएकाे छ । ‘कोही नछुट्ने र कोही नदोहोरिने गरी अक्सर बसोबास गर्ने परिवारका अक्सर बसोबास गर्ने सम्पूर्ण व्यक्तिको’ गणना मुख्य प्रश्नावलीमार्फत सुरू गरिएको जनगणना अधिकारी कोईरालाले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।