विद्यावारिधि र एमफिल गर्नेलाई गाउँपालिकाको छात्रवृत्ति

खोटाङ, १ मंसिर । खोटेहाङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने पालिकाभित्रका शोधकर्ता विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत वार्षिक बजेटअनुसार गाउँपालिकाले विद्यावारिधि शोधकर्ता, एमफिल अध्ययनकर्ता र स्नातकोत्तर तहका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने तयारी गरेको हो ।

उच्च शिक्षा छात्रवृत्ति, सम्मान र पुरस्कार शीर्षकमा विनियोजित कार्यक्रमबारे गाउँपालिका र गाउँ कार्यपालिकाको १२ कात्तिकको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बुधबार सूचना जारी गर्दै इच्छुक उम्मेद्वारालाई उच्च शिक्षा छात्रवृत्तिका लागि आवेदन दिन आह्वान गरेका छन् ।

खोटेहाङ गाउँपालिका स्थायी ठेगाना भई स्वदेशमै बसेर विद्यावारिधि गरिरहेका शोधकर्तालाई जनही एक लाख ११ हजार १११, खोटेहाङ गाउँपालिका स्थायी ठेगाना भई स्वदेशमै एमफिल गरिरहेका अध्ययनकर्तालाई जनही ५५ हजार ५५५ र खोटेहाङ गाउँपालिका स्थायी ठेगाना भई स्वदेशमै स्नातकोत्तर अध्ययन गर्ने सवै दलित तथा महिलालाई ३३ हजार ३३३ रुपैयाँ छात्रवृत्ति प्रदान गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

उच्च शिक्षा हासिल गर्न चाहने पालिकाबासी विद्यार्थीको सहयोग र प्रोत्साहनका लागि छात्रवृत्तिका कार्यक्रम कार्यान्वयनमा ल्याएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।

खोटेहाङ गाउँपालिकाले आव २०७७/०७८ देखि उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम लागू गरेको हो । स्नातकोत्तर अध्ययन गर्ने सबै दलित तथा महिला विद्यार्थीका लागि भने चालू आवदेखि छात्रवृत्ति उपलव्ध गराउने कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष राईले बताए । छात्रवृत्तिका लागि पिएचडी र एमफिल गर्ने विद्यार्थी गाउँपालिकाभित्रको स्थायी नागरिक हुनुपर्ने, स्वदेशकै विश्वविद्यालयमा अध्ययनरत हुनुपर्ने लगायतका मापदण्ड छ ।

आर्थिक वर्ष २०७७/०७८ मा खोटेहाङ गाउँपालिका-६ इन्द्रेणीपोखरीका विधावारिधि शोधकर्ता विष्णुबहादुर कार्कीलाई छात्रवृत्तिस्वरूप एक लाख ११ हजार १११ रुपैयाँ प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।