ट्याक्टर दु’र्घटनामा एक जनाको मृ’त्यु, १९ जना घा’ईते

उदयपुर, २ मंसिर ।उदयपुरको गाईघाटबाट ताप्ली गाउँपालिका जाँदै गरेकाे ट्याक्टर दु’र्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १९ जना घा’इते भएका छन् । मदन मण्डारी लोकमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका–६ दनुवारबेसीमा ट्याक्टर दु’र्घटना हुँदा त्रियुगा नगरपालिका–९ गैरुनका ४० वर्षीय बौका सदाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

गाईघाटबाट ताप्ली गाउँपालिका भवनको ढलानका लागि मजदुर लिएर हिडेको प्र २–०१–००१ त १०८३ नम्बरको ट्याक्टरमा सवार सदाको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा ज्यान गएको हो । ताप्ली गाउँपालिका भवन ढलानका लागि हिडेका म’जदुर गाईघाटबाट बिहान ५ बजे हिडेको थियो । उदयपुरगढी गाउँपालिका– ६ दनुवारबेसीमा बिहान ८ः५० बजे दु’र्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

दु’र्घटनामा घा’इते भएको सदाको उपचारको क्रममा ज्यान गएका हुन् । दु’र्घटनामा घाइतेमध्ये त्रियुगा नगरपालिका–९ गैरुनका मृतक सदाका श्रीमती ४० वर्षीया नारायणवति सदा, १६ वर्षीय सकुन सदा, त्रियुगा नगरपालिका–१० करमगाछीका ट्याक्टर चालक २० वर्षीय दिवस सार्की ग’म्भीर घा’इते भएका छन् । ग’म्भीर घा’इते तीनै जनालाई जिल्ला अस्पाताल गाईघाटमा उपचारपछि थप उपचारका लागि विराटनगर पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

अन्य १५ जना सामान्य घा’इतेहरूलाई उपचारका लागि घटनास्थलतबाट जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ । उनीहरू सबै गाईघाटबाट ताप्ली गाउँपालिका रुपाटारमा भवन ढलानको लागि जाँदै गरेको अवस्थामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको थियो ।

मङ्सिर १९ गतेदेखि जुम्लामा एमबिबीएस कक्षा सञ्चालन
काठमाडौँ, २ मङ्सिर (रासस) ःकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबीएस) अध्ययनका लागि तयारी पूरा भएको छ ।यसका लागि आवश्यक कोठा, प्रयोगशाला र छात्रावासको व्यवस्था गरिएको र यही मङ्सिर १९ गतेबाट कक्षा सञ्चालन हुने जनाइएको छ ।

कर्णालीमा पहिलोपटक एमबिबीएसको अध्ययन सुरुआत हुन लागेको हो । चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत परीक्षामा उत्र्तीण भएका विद्यार्थीले अध्ययनका लागि भर्नासमेत गरिसकेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका डिन डा रमेश भट्टराईले १५ पूर्ण छात्रवृत्ति र पाँच शुल्क तिरेर अध्ययन गर्ने जानकारीदिनुभयो ।

प्रतिष्ठानले ३०० शय्याको अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ । अस्पतालमा १० शय्याको सघन उपचारकक्ष (आइसीयू) र चार शय्याको शल्यक्रिया कक्ष रहेको छ । चिकित्सा शिक्षा अध्यापनका लागि प्रतिष्ठानमा ८२ विषयगत चिकित्सक छन् । प्रतिष्ठानमा यस वर्षदेखि स्नातक तहमा फार्मेसी (बी फार्मेसी), सोही तहमा नर्सिङ (बिडिएस) पनि अध्यापन हुँदै छ । ती दुवै विषयमा २०÷२० विद्यार्थी अध्ययन गर्नेछन् ।

एक वर्षदेखि प्रतिष्ठानमा एमडी पाँच अध्यापन गरिरहेका छन् । यस्तै व्याचलर पब्लिक हेल्थ (बिपीएच), स्नातक तहमा सुत्केरीसम्बन्धी कक्षा पनि तीन वर्षदेखि सुरु भइरहेको छ । ती विषयमा २०÷२० विद्यार्थी अध्ययन गरिहेको जनाइएको छ । सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले विसं २०६८ मा प्रतिष्ठानको स्थापना गरेको हो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।